बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वास्तु टिप्सः यी स–साना कुरा अपनाउनुहोस् र हुनुहोस् स्वस्थ, सम्पन्न

सोमबार, ०२ पुस २०७५, १० : २५
सोमबार, ०२ पुस २०७५

जीवनमा हामी थुप्रै पटक स–साना कुराका लागि चिन्तित हुने गर्छौं । त्यही सानो कुराले हामीलाई मानसिक तनाव दिन्छ, यहाँसम्म कि खानपिन नै छोडिदिन्छौं । यसले बिरामी पनि बनाउँछ । यसका कारण हामी आर्थिक समस्यामा पनि घेरिने गर्छौं । यी स–साना कुरा हरेकको जीवनमा परिरहन्छ, यस्तो कहिलेकाँही हाम्रै कारणले हुन्छ भने कतिपय अवस्थामा वास्तुदोषका कारण पनि यस्तो भइरहेको हुन्छ ।

यदि तपाईंलाई पनि समस्या छन् भने तपाईंको घरमा वास्तुदोष छ कि, याद गर्नुहोस् ।

के तपाईं ओछ्यानमा स्टिलको भाँडा राख्नुहुन्छ ?

– तपाईंले घरमा लगाएको तुलसीको गमलामा अन्य बोट बिरुवा उम्रिएका छन् कि, ध्यानपूर्वक हेर्नुहोस् । कुनै फलेको छ भने त्यसलाई तुरुन्त हटाउनुहोस् ।

– के तपाईं ओछ्यानमा स्टिलको भाँडा राख्नुहुन्छ । यस्तो गर्दै नगर्नुहोस् । ओछ्यानमा न त कुनै भाँडा राख्नुहोस् न नै त्यहाँ बसेर खानुहोस् ।

– यदि तपाईंको घरमा सुगा अथवा मधुर गीत गाउने चरा आउँछन् भने त्यो निकै शुभ हो । यसले सकारात्मक ऊर्जाको प्रवाह बढाउँछ ।

– लुगा लगाउँदा सधैं एकै ठाउँमा बसेर लगाउनुहोस् । यदि तपाईं हिँड्दै लुगा लगाउनुहुन्छ भने यसले आर्थिक समृद्धि प्रभावित हुन्छ ।

– ब्रश गर्दा अनुहार सधैं पूर्व दिशातर्फ फर्किएर गर्नुहोस् । यसले रोग लाग्न दिँदैन र तपाईंको दिन पनि शुभ रहन्छ ।

खुसी रहने तरिकाः

– बाल काटाउँदा पनि पूर्व वा उत्तर पट्टी फर्किनुहोस् । यसो गर्दा ऋणबाट मुक्त भइन्छ ।

 – बिग्रिएका औषधी सधैं राती नै फ्याँक्नुहोस् । यसले घरमा औषधी आउन बन्द हुन्छ ।

– घरको अविवाहित युवतीको कोठा उत्तर–पश्चिमतर्फ हुनुपर्छ । यसले उनीहरुको विवाहमा बाधा सिर्जना हुन दिँदैन ।

– घरको ‘डोर बेल’ मधुर आवाज भएको हुनुपर्छ । चर्को आवाज र मत्रोच्चारण गरिएका डोर बेल नराख्नुहोस् ।

– राती घरको पूजाकोठामा एउटा मधुरो बत्ती बालिराख्नुपर्छ । मन्दिर वा पूजा स्थानमा पूर्ण अँध्यारो हुन नदिनुहोस् ।

– राती सत्नु अघि आफ्नो हात र खुट्टा राम्रोसँग धुनुहोस् । यसले नराम्रो सपनाबाट जोगाउँछ ।

तपाईंको मन अशान्त रहिरहन्छ भने यी टिप्स अपनाउनुस्ः

– यदि तपाईंको मन अशान्त रहिरहन्छ भने सुत्नु अघि सिरानीमा एक लोटामा पानी भरेर राख्नुहोस् र बिहान सबैभन्दा पहिले त्यसलाई घर बाहिर  फ्याँकिदिनुहोस् ।

– यदि तपाईंमाथि ऋण बढिरहेको छ र लाखौं कोसिस गर्दा पनि यसबाट छुटकारा पाउन सकिरहनु भएको छैन भने यसको कारण घरमा सूर्यको पर्याप्त प्रकाश नआउनाले हो । यसका लागि पूर्व दिशामा एउटा क्रिस्टलको बल राख्नुहोस् ।

– घरको उत्तर वा पूर्वमा खुल्ला स्थान बनाएर त्यसमा रंगी बिरंगी फूल रोप्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप