देवले ल्याए सरोजको सान्नानी (भिडियोसहित)
काठमाडौं–सरोज कोइरालाको स्वरमा रहेको “सान्नानी” बोलको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ ।
विन्ध्यबासिनी म्युजिकले २०७० सालमा नै बजारमा ल्याएको उनको एकल गितीएल्बम “सगुन” मा रहेको यो गीतको भिडियो चलचित्र निर्देशक देव नेपालले बनाएका हुन् ।
नेपाल डोल्पामा खिचिएको प्रदर्शोन्मुख चलचित्र “म्हेन्दु” का निदेशक हुन् । भिडियोमा उनको निर्देशनमा रमेश सोडारी र सिमन दाहालको अभिनय हेर्न पाइन्छ । सोडारी पनि “म्हेन्दु” का नायक हुन् ।
झापाकी स्थानीय सिमनले यसअघि पनि त्यहाँ बनेका केहि भिडियोमा काम गरिसकेकी छिन् ।
भिडियोमा इलामस्थित चिया प्mयाक्ट्रि, कन्याम र श्रीअन्तुका साथै झापाका केहि स्थानका दृष्य हेर्न पाइन्छ ।
गीतमा लोकप्रिय संगीतकार सुरेश अधिकारीको शब्द÷संगीत छ । फणिन्द्र राईले यसमा संगीत संयोजन गरेका छन् ।
टेलिभिजनकर्मीका रुपमा परिचित सरोज कोइराला पछिल्लो समय गीत÷संगीतमा पनि सक्रिय छन् ।