बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्ता छन् यो साता बजारमा आएका गीत

आइतबार, ०१ पुस २०७५, १५ : ०४
आइतबार, ०१ पुस २०७५

काठमाडौं –पछिल्लो समय बजारमा नयाँ गीत संगीत सार्वजनिक हुने क्रम बढ्दो छ । कम्तिमा पनि सातामा आधा दर्जन वा सो भन्दा बढी नयाँ गीत सार्वजनिक हुने गरेका छन् । यस्तैमा यो साता पनि करिब एक दर्जन हाराहारीको नयाँ गीत संगीत सार्वजनिक भएका छन् । तिनमा लोक दोहोरी देखि आधुनिकसम्म रहेका छन् । 

‘आज आज’
काठमाडौं – पत्रकार भोला अधिकारी फेरि नयाँ म्युजिक भिडियोमा  देखा परेका छन् । ‘आज आज’ बोलको म्युजिक भिडियोमा उनी अभिनय मार्फत आएका छन् । डिबि श्रेष्ठको शब्द, संगीत, र स्वर रहेको गीतमा गायिका विनिता राईले पनि आवाज दिएकी छन् ।। 
मायालु जोडीको रोमान्स गीतको भडियोमा देखाइएको छ । केबी भण्डारीको एरेन्ज गरेको गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन् । जनक राज अधिकारीको छायाँकन, राज कार्कीको सम्पादन, अनिल मगरको नृत्य निर्देशन रहेको भिडियोमा भोलाको साथमा  मनु थापाको अभिनय देख्न सकिन्छ । भिडिया भोला आफैले निर्देशन गरेका हुन् । 

आदित्य’ र ‘सुम्निया’ 
काठमाडौं । गीतकार तथा गायिका आशा सुहाङ लिम्बूले एकसाथ दुई एल्बम ल्याएकी छन् । मोडलसमेत रहेकी आशाका गीत एल्बम ‘आदित्य’ र लिम्बू भाषाको ‘सुम्निया’ राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । 
नेपाल वाङ्मय परिषद्द्वारा आयोजित कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका निर्वतमान सदस्य सचिव तथा बरिष्ठ गायक गणेश रसिक र चर्चित गायक राजेशपायल राईलगायतले एल्बम सार्वजनिक गरेका थिए । 
कार्यक्रममा एल्बममा समाविष्ट दुई गीतको भिडियो प्रिमियर गरिएको थियो । एबी किरात नेपालले बजारमा ल्याएको एल्बम ‘आदित्य’मा नलेखेको, तिमीले छोडी, जुन हे¥यो, टुट्ने छैन, जुनेली रातमा लगायत ६ वटा गीत रहेका छन् । जसमा राजेशपायल राई, दीपक लिम्बू, ताराप्रकाश लिम्बू, मेलिना राई, ब्रविम शेर्मा, पुर्णिमा लामा र आशाकै स्वर रहेको छ । त्यस्तै, लिम्बू भाषाको एल्बम ‘सुम्निया’मा पनि ६ वटा लिम्बू भाषाका गीत समोवश छन् । 

‘लाल्टिन बालेर’
काठमाडौं – भीमफेदी गाइज र सृष्टि खडका फिचर म्युजिक भिडियो ‘लाल्टिंग बालेर’ सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द , कोशिस छेत्रीको संगीत रहेको गीतमा लेखु सहयात्री र बबिना किरातीको स्वर सुन्न सकिन्छ । अम्बिका लामो समय देखि गीत लेखनमा निकै सक्रिय छिन् ।
रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो समेत उतिकै उत्कृस्ट बनेको छ । निसान कस्यप घिमिरेले निर्देशन गरेको भिडीयोलाई कमेडी रोमान्टिक शैलीमा तयार पारिएको छ । फर्पिंगमा खिचिएको म्युजिक भिडीयोमा भीमफेदी गाइजको करियोग्राफी र बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।

‘मेरी आमा’
काठमाडौं – गीतकार प्रलाद शाहको शब्द रहेको ‘मेरी आमा’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । मेलीना राईको आवाज रहेको गीतमा संगीत नबिन कार्कीको छ ।
पछिल्लो समयमा नेपालमा बतात्कार पछि हत्याका घटना सार्वजनिक भइरहेको अबस्थामा निर्देशक बिकाश सुबेदीले यसै बिषय भिडियोमा केन्द्रित गरेका हुन् । 
भिडियोमा कलाकार शान्ती गिरी र ‘नाई न भन्नु ल ५’ बाट डेब्यु गरेकी कलाकार सेड्रिना शर्माले अभिनय गरेका छन् । 

‘शुभारम्भ’ 
गायक तथा संगीतकार शसी घिमीरे र गीतकार लक्ष्मी अर्यालको पहिलो एल्बम ‘शुभारम्भ’ को शनिबार बरिष्ट लोक गायक कुमार बस्नेत, सूर्य थुलुङ,बरिष्ट गीतकार डा. कृष्णहरि बराल, गायक–संगीतकार नरहरि प्रेमी, संचारकर्मी÷अभिनेता भोलादीप तिमिल्सिना लगायतकाले संयुक्त रुपमा बिमोचन गरे । 
हिमालयन पिक्चर्सको आयोजनामा सम्पन्न कार्यक्रममा गायक शसीले लामो समयको अभ्यासपछि अहिले आएर आफ्ना गीतलाई एल्बम आकारमा परिणत गर्न पाएकोमा खुशी ब्यक्त गरे । त्यसैगरी, रचनाकार लक्ष्मीले आफूले बच्चैदेखि गीत रचना गर्ने गरेको भए पनि एल्बमका रुपमा भने शुभारम्भबाट नै आरम्भ गरेको बताइन् । 
शुभारम्भका सबै गीत उत्तिकै सुमधुर रहेको गीतकार डा. बरालले समीक्षा गरे । उनले लक्ष्मीको रचना र शसीको गायनमा निकै तालमेल मिलेको समेत बताए । गायक कुमार बस्नेतले नेपाली सांगीतिक फांटमा शसी र लक्ष्मीको शुभारम्भलाई शुभकामना ब्यक्त गरे । गायक नरहरिले शुभारम्भमा समाबेश प्रत्येक गीतको भावार्थ प्रस्तुत गर्दै लक्ष्मीको रचनाशिल्पी र शसीको गायन कलाको तारिफ गरेका थिए । 
कार्यक्रममा एल्बममा समाबेश सपनीमा डुल्छ्यौ तिमी बोलको गीतको भिडियो प्रदर्शन गरिएको थियो ।

‘घुम्टो सिरैको’
;झझल्को डिजिटलको प्रस्तुतीमा गायक सुदिप निउरे र गायिका अमृता नेपालीको आवाजमा रहेको पञ्चेवाजाको ‘घुम्टो सिरैको’ गीतको भिडियो सार्वजनिक भएको छ । राम खत्रीको उत्कृष्ट शब्द तथा इश्वर सिंहको लय सिर्जनामा रहेको गीतमा बाग्लुङ जिल्लामा निकै लोकप्रिय पञ्चेवाजा प्रयोग गरिएको छ । मरुभुमि नारायणको छायाँकन, रोशन धितालको सम्पादन रहेको भिडियो , आदित्य पुनले निर्देशन गरेका हुन् । 

‘झल्को’ 
काठमाडौं – गायक रामु विरही, प्रकाश रोका र गायिका धर्तिमा थापाको आवाजमा रहेको उत्कृष्ट सालेजौ पञ्चेवाजाको गीत ‘झल्को’ सार्वजनिक भएको छ । गीतमा विवाहमा आपसी रुपमा दुलाहा पक्ष र दुलही पक्षको रमाइलो भावलाई गीतमा समेटिएको छ । बासु न्यौपानेको छायाँकन, रोशन धितालको सम्पादन रहेको भिडियोमा रेशम सापकोटाको निर्देशन रहेको छ । 

‘ट्याटु खोपन’
गायिका नित्याशिवाको आवाजमा रहेको ‘ट्याटु खोपन’ गीतको लिरिकल भिडियो ओएस आर डिजिटल मार्फत रिलिज भएको छ । 
आफ्ना प्याराको लागि दिलमा नाम लेख्न आफु तयार रहेको गायिकाले गीत मार्फत बताएकी छन् । आफ्ना सपनाको राजकुमारलाई आफ्नो जीवनमा सजाउनको लागि गायिका निकै आतुर भएकी छन् । 
एस के अधिकारीको शब्द तथा बाबुल गिरीको संगीत रहेको गीतको भिडियोलाई  प्रेम शर्मा पौडेलले सम्पादन गरेका हुन् । 

‘ट्याटु खोपन’
काठमाडौं – नेपाली संगीतिक क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका नित्याशिवाको आवाजमा रहेको ‘ट्याटु खोपन’ गीतका भिडियो ओएस आर डिजिटल मार्फत रिलिज भएको छ । 
आफना प्याराको लागि दिलमा नाम लेख्नको लागी आफु तयार रहेको गायिकाले गीतमा आग्रह गरेकी छन् । आफ्ना सपनाको राजकुमारलाई आफनो जीवनमा सजाउनको लागि गायिका निकै आतुर भएकी छन् । एस के अधिकारीको शब्द तथा बाबुल गिरीको संगीत र रहेको गीतको भिडियो प्रेम शर्मा पौडेलले सम्पादन गरेका हुन् । 

‘साटुकी मेरो मन’

सोनी राजभण्डारीको स्वरमा रहेको नयाँ गीत ‘साटुकी मेरो मन’ सार्वजनिक भएको छ । अविदको शब्द र संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । 
शुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियाोमा मनिषा सापकोटाले अभिनय गरेकी छन् । 
राज महर्जनको कोरियोग्राफी, रामकुमार केसीको छायाँकन रहेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप