शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवेकशील साझा पार्टी घोषणा कार्यक्रममा यस्तो देखियो (फोटोफिचर)

बुधबार, ११ साउन २०७४, १७ : १३
बुधबार, ११ साउन २०७४

काठमाडौं– विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलबीच पार्टी एकता भएको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । 

पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै दुई पार्टीका नेताद्वय मिश्र र थापाले मुलुकमा बैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न पार्टी एकता गरिएको दावी गरेका छन् । 
दुवै पार्टीबाट १७/१७ जना रहने गरी पार्टी केन्द्रीय कार्य समिति गठन गरिएको छ । पार्टीको सबैभन्दा माथिल्लो निकायको रुपमा संयोजन समिति गठन गरिएको छ । संयोजन समितिमा मिश्र र थापा दुवैलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । समितिमा दुवै पार्टीका ४/४ जना सदस्य रहेका छन । संयोजन समितिको बैठकको अध्यक्षता गर्ने जिम्मेवारी भने मिश्रलाई दिइएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

पार्टीको चुनाव चिन्ह तराजु राखिएको छ । एक स्वायत्त अनुशासन आयोग गठन गरी पार्टी नेतृत्व र सदस्यमाथि अनुशासनको कार्वाही गर्ने व्यवस्था पनि गरिएको पार्टीले जनाएको छ ।

नयाँ बानेश्वरस्थित इन्द्रणी फुडल्याण्डमा आयोजित एकता घोषणा कार्यक्रममा पत्रकारदेखि दुवै पार्टीका कार्यकर्ता खचखच भरिएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप