भारतीय गोवा शहरको स्वाद अब रोयल मल्टीकुजीनमा
काठमाडौं– भारतीय शहर गोवाका रेष्टुरेण्ट अनि पाँचतारे होटलमा पाइने मट्की फिस करी र मट्की चिकेनका स्वाद अब नेपालमा रोयल तन्दुरी मल्टिकुजीन रेष्टुरेण्टमा पाइने भएको छ । मनोरम वातावरणमा सञ्चालन गरिएको यस रेष्टुरेण्ट गोदावरी भ्रमणमा आउने पर्यटक, किशोर किशोरी अनि पारिवारिक जमघटको लागि लक्षित गरी ललितपुरको हरिसिद्धी–२८, खरीबोटमा सञ्चालन गरिएको हो ।
लामो समय भारतको गोवा लगायतका शहरमा काम गरेका पाककलामा अनुभवी कुकबाट स्वादिष्ट ‘तन्दुरी चाप’,‘चिकेन तन्दुरी,’ ‘स्टाप द ताङ्ग्र्री कवाब’ जस्ता भारतीय खानाका परिकार लगायत नेपाली खानाका परिकार पनि रोयल तन्दुरीको स्वाद चाख्न पाइन्छ । पाकिसकेको चिकेनका अलावा फिस करीलाइ माटोको कचौरामा तयार गरिएको ‘मट्की चिकेन’, ‘मट्की फिस करी’ को स्वादले भारतीय शहर गोवामा पाइने परिकारको झझल्को दिने गर्दछ ।
ह्रिसिद्धीमा रहेको मेरो सिटी कम्पलेक्स, सितापाखा, खरीबोटका बासिन्दालाई आकर्षण गर्न सञ्चालनमा ल्याइएको यस रेष्टुरेण्टमा गोवाको साकुरी(काँचो नरिवललाई भुटेर पिसी तयार गरिएको मसला राखेर तयार गरिएको माछा,चिकेन र खसीका मासुका परिकार) पनि विशेष परिकारको रुपमा रहेको छ । स्वादिलो खानाका साथै निकैनै शान्त वातावरणमा रहेको रेष्टुरेण्टले सरसफाई , स्वस्थ खानेकुरा र गा्रहकको सन्तुष्टिनै आफनो मुख्य उदेश्य बनाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा