शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिभास एक्सभी: १५ वर्ष पुरानो ब्लेन्डेड स्कच व्हिस्की नेपाली बजारमा

शुक्रबार, २८ मङ्सिर २०७५, १७ : ३५
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं– सिभास ब्राण्डको १५ वर्ष पुरानो ब्लेन्डेड स्कच व्हिस्की नेपाली बजारमा आएको छ । सिभास संसारभर आफ्नो उत्कृष्ट मिश्रणको लागि चिरपरिचित व्हिस्की तथा स्कच ब्राण्ड हो । सिभासको यही उत्कृष्टता सिभास एक्सभीको १५ वर्ष पुरानो माल्ट एण्ड ग्रेन व्हिस्कीहरुमा उतारिएको कम्पनीले बताएको छ ।

उच्चस्तरीय ग्राण्ड स्यामपेन कोंयाक कास्कमा यसलाई तयार पारिएको हो । ग्राण्ड स्यामपेन विश्वभरि आफ्नो कोंयाकको गुणस्तरको लागि प्रसिद्ध छ ।

सिभासका डाइरेक्टर अफ ब्लेन्डिङ्ग, स्यान्डी हिसलपले भने, ‘ब्लेन्डेड इज बेटर भन्नेमा सिभास विश्वास राख्दछ । यो भनाई जीवन र स्कच दुवैलाई मेल खान्छ । सिभास एक्सभीले सिभासको संस्कृति र लगावलाई अहिलेको समय र आम अनुभवहरुसंग मिश्रण गर्न सफल भएको छ । यसले सबै किसिमको पुराना अडकलबाजीहरुलाई चुनौती दिँदै आफूलाई सबैभन्दा लोकप्रिय ड्रिङ्क बनाउनेमा हामी विस्वस्त छौं । यो आफैमा उत्सव मनाउन योग्य कुरा हो।’

सिभास लक्जरी ब्लेन्डेड स्कच व्हिस्कीकोलागि चिनिन्छ । १९औं शताब्दीमा जेम्स र जोन सिभासले स्कटलाण्डमा सिभासको स्थापना गरेका हुन् । अहिले २०० सालपछि, स्यान्डीले एउटा नयाँ र खास किसिमको मिश्रण विधि ल्याएर सिभासको ऐतिहासिक शैलीलाई फलीय र मखमली स्वाद दिएर निखारेका छन् ।    

सिभास एक्सभी विश्वका सबै प्रमुख विमानस्थलहरुमा उपलब्ध छ । नेपाली बजारमा यो डिसेम्बर १, २०१८ देखि नै उपलब्ध छ । १०० सिएलको सिभास एक्सभीको खुद्रा मूल्य १० हजार २ सय हो । विश्वकै सबैभन्दा ठूलो फुटबल क्लब म्यानचेस्टर यूनाइटेडको ग्लोबल स्पिरिट्स पार्टनर सिभास हो । सिभासले विभिन्न सामाजिक अभियानहरुकालागि भनेर वार्षिकरुपमा दस लाख डलर समेत छुटाएको बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप