शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

इन्जिनियरहरुको नयाँ नेतृत्वको लागि मतदान जारी

शुक्रबार, २८ मङ्सिर २०७५, १५ : १२
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएशनसको नयाँ नेतृत्व चयनका लागि मतदान भईरहेको छ ।  काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा नेपाल इन्जिनियर्स एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको हो । निर्वाचनमा नयाँ नेतृत्वका लागि प्रगतीशील समूह र लोकतान्त्रिक समूहका इन्जिनियरहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहको नेतृत्व त्रिरत्न बज्राचार्यले गरेका छन् भने लोकतान्त्रिक समूहको नेतृत्व हिरेन्द्रमान प्रधानले गरेका छन् । यसैबीच, मतदानमा सहभागी भएका इन्जिनियरहरुले पेशागत मर्यादा कायम राख्न सक्नेलाई एशोसिएसनको नेतृत्वमा चयन गर्ने बताएका छन् ।

उनीहरुले इन्जिनियरहरुको पेशागत मर्यादा कायम राख्न सरकारसँग पनि माग गरेका छन् । इन्जिनियर छविराज पोखरेलले इन्जिनियरहरुको पेशागत हकहितको सुरक्षा गर्न सक्नेलाई नेतृत्वमा ल्याउनुपर्ने धारणा राखे । उनले एशोशिएशनले गतिशील नेतृत्व चाहेको पनि स्पष्ट पारे । 

त्यसैगरी अर्का इन्जिनियर हरिराम हुँमागाईले आम इन्जिनियरहरुको पेशागत सुरक्षा दिन सक्ने नेतृत्व चयन गर्ने बताए । उनले विदेशी इन्जिनियरहरुलाई प्राथमिकता नदिन सरकारलाई पनि सचेत गराए । 
२७ हजार सदस्य आवद्ध रहेको एशोशिएसनको ३२ औं कार्यकारिणी समिति र सातवटा प्रदेशको प्रादेशिक कार्यकारिणी समिति गठनका लागि मतदान भइरहेको छ ।

एशोसिएशनको केन्द्रिय कार्यकारिणी समितिमा १८ जना र प्रादेशिक कार्यकारिणी समितिमा १६÷१६ जनाको कार्य समिति हुनेछ । दुई वर्षे पदावधि रहेको एशोसिएसनको नेतृत्व चयनका लागि जारी मतदान साँझ ५ सम्म हुनेछ । त्यसपछि मतदान सुरु हुने पनि एशोसिएशनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप