कुसोम वार्षिक महोत्वसमा विनियम अस्थितरताबारे छलफल
शुक्रबार, २८ मङ्सिर २०७५, ०९ : ३८
काठमाडौँ । कुसोम वार्षिक महोत्वसमा ‘नेपालको विनिमय अस्थिरता र वाह्य क्षेत्रको जोखिम’ बारे छलफल आयोजना गरिएको छ ।
कार्यक्रममा काठमाडौँ युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्टका डिन प्राध्यापक डा. विजय केसीले विदेशी मुद्राको संचिति र यसको अस्थिरताले विभिन्न वाह्य क्षेत्रमा पार्ने असरबारे प्रकाश पारेका थिए ।
त्यस्तै, डा. अच्युत वाग्लेले विनियम अस्थिरता र यसका जोखिमहरुबारे जानकारी दिए ।
त्यसपछि प्यानलमा रहेका डेप्युटी गभर्नर चिन्तामणि सिवाकोटी, पूर्व डेप्युटी गर्भनर कृष्णबहादुर मानन्धर, सानिमा बैंकका विभोर झा, उद्यमि सविन जोशीले विनमय अस्थितरबारे थप छलफल गरेका थिए ।
कार्यक्रममा कुसोमसहित विभिन्न कलेजका १८० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।