शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘सुश्री सम्पत्ति’सँग भिड्न आए ‘डोली’ र ‘कथा ७२’

शुक्रबार, २८ मङ्सिर २०७५, ०८ : १२
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं – शुक्रबार नयाँ फिल्म रिलिजको परम्परा धान्दै आजबाट तीन नयाँ फिल्म प्रदर्शन आएका छन् । फिल्म हुन् – ‘सुश्री सम्पत्ति’, ‘डोली’ र ‘कथा ७२’ । तीन मध्य ‘सुश्री सम्पती’ प्रचार प्रसार सहित देशभर प्रदर्शनमा आएको हो, भने अन्य दुई फिल्म पनि देशभर लाग्ने निर्माण युनिटले जनाएका छन् । 

‘सुश्री सम्पत्ति’
पत्रकारबाट निर्देशनमा जम्प मारेका सुब्रत आचार्य निर्देशित ‘सुश्री सम्पत्ति’ कमेडी जनरामा निर्माण भएको फिल्म हो । गीत संगीत र ट्रेलरले राम्रो चर्चा पाएको यो फिल्म दर्शकले पनि रुचाउने निर्देशक आचार्य बताए । ‘दुई युवाले सुश्री र सम्पत्ति पाउन गर्ने संघर्ष फिल्मको बिषय हो’ निर्देशक आचार्यले बताए ।

सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल लगायतको अभिनय रहेको फिल्ममा प्रियंका कार्कीको आइटम समेत रहेको छ । रमेश त्वायना फिल्मका प्रस्तुतकर्ता हुन् । कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । 
 
विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार मिलेर निर्माण गरेको उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गरेको हो ।

‘डोली’
किरण नेपालीको प्रस्तुति रहेको फिल्म ‘डोली’मा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ,सानीया खान, संगीता नापीत,नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतललगायतका कलाकारले अभिनय गरेका छन् । 

राजबहादुर सानेले निर्देशन गरेको यो फिल्म रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । फिल्मले समाजीक सन्देशका साथ भरपुर मनोरञ्जन दिने दावी निर्माण पक्षको छ । 

‘कथा ७२’
२०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको फिल्म हो ‘कथा ७२’ ।

प्रवीण स्याङ्बोको लेखन, निर्देशन रहेको फिल्म लोकल सिनेमा प्रा.लिले निर्माण गरेको हो । ‘कथा ७२’ मा मानवीय यात्रामा भूकम्पको प्रभावलाई प्रतिकात्मक दृश्यमा देख्न सकिन्छ । फिल्ममा आकाश मगर, सुप्रिया राना, भुइसल लामा, केदार श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप