अब भारु नेपालमा प्रतिबन्ध, कुन–कुन नोट ?
काठमाडौं । सरकारले नेपालमा भारतीय रुपैयाँ २ सय, ५ सय र २ हजारको नोट प्रयोगमा रोक लगाएको छ ।
बिहिबार सञ्चार तथा सूचना प्रविधी मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्री गोकुलप्रसाद बास्कोटाले यी नोटहरु ल्याउन वा साथमा राख्न गैरकानुनी हुने भएकोले चलनचल्तिमा नल्याउन, नबोक्न र नराख्न सूचना प्रकाशन गर्ने जानकारी दिएका हुन ।
गत मंसिर २४ गते बसेको मन्त्रीपरिषद् बैठकको जानकारी दिने क्रममा मन्त्री बास्कोटाले विगतमा भारतले १ हजारको दरका नोटमाथि प्रतिबन्ध लगाएका बेला नेपालको पश्चिम पहाड र तराईमा १० देखि १२ अर्ब छ कि भन्ने सुनिएको बताँउदै नेपाली बैंकमा रहेको पैसाको समस्या त्यतिबेलाको नेतृत्वले हल गर्न नसकेको उल्लेख गरे ।
भारतीय नीति परिवर्तन भएमा त्यसको मार नेपालीलाई पर्ने भएकोले नेपालमा ठूला दरका भारतीय नोट प्रयोगमा निरुत्साहित गर्न सरकारले यो कदम चालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण