चरेससहित श्रीमान–श्रीमती पक्राउ
बिहीबार, २७ मङ्सिर २०७५, १६ : १५
काठमाडौं– कैलालीको घोडाघोडी नगरपालिका स्थायी घर भएका हरि दमाईका श्रीमान–श्रीमतीनै चरेस तस्करीमा संलग्न भएको पाइएको छ । कैलालीबाट अटो रिक्सामा चरेस लिएर बर्दियातर्फ जाँदै गरेको अवस्थामा प्रहरीले हरि र उनकी श्रीमती पार्वती दमाई (३२ बर्ष)लाई पक्राउ गरेको छ ।
पाँच नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले बुधबार मध्यराती हरि दमाई र उनकी श्रीमती पार्वतीलाई राजापुरबाट नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी तिलक भारतीले जानकारी दिए ।
बुधवार राती साढे ११ बजे ना ३ च ७५० नम्बरको अटो रिक्सा लिएर बर्दियाको गुलरियातर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका दमाई दम्पतीको साथबाट प्रहरीले साढे ४ किलो चरेश बरामद गरेको छ ।