बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा ढुङ्गा प्रहार गरी युवकको हत्या

बिहीबार, २७ मङ्सिर २०७५, १४ : १३
बिहीबार, २७ मङ्सिर २०७५

बुटवल– बिहिवार रुपन्देहीको तिलोत्तम नगरपालिकामा एकजना युवाको शव फेला परेको छ ।  नगरपालिकाको वडा नम्वर ७  दल्गा भन्ने स्थानका  २६ वर्षीय अशोक मुसहरको शव सोही वडाको खेतमा फेला परेको हो ।

शव हेर्दा हत्या भएको आशंका गरेपछि अनुसन्धान गर्दै जाँदा हत्याको अभियोगमा सोही स्थानका २२ वर्षीय शिवपुजन चौधरीलाई पक्राउ गरिएको रुपन्देहीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक ह«दय थापाले जानकारी दिएका छन् ।

उनका अनुसार चौधरीले मुसहरलाई ढुङ्गाले टाउकोमा प्रहार गरि हत्या गरेको स्वीकार गरिसकेका छन । बुधवार राती साउण्ड सिस्टमका बिषयलाई लिएर ती दुई जनाबीच झगडा परेको थियो । लगत्तै पुजनले अशोकलाइ घर जाउँ भनि अलि पर खेतमा ल्याई टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।

निजलाई ईलाका प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा राखी अनुसन्धान प्रकृया अगाडि बढाईएको त्यहाँका प्रमुख डिएसपी डिलबहादुर मल्लले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप