बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पहिचान जोगाउन कीर्तिपुरको ‘लायकु’ दरवार क्षेत्रका घरमा एउटै रङ (फोटोफिचर )

बिहीबार, २७ मङ्सिर २०७५, ११ : १६
बिहीबार, २७ मङ्सिर २०७५

काठामाडौं– कीर्तिपूर नगरपालिका वडा नम्बर १ मा रहेको प्राचीनकालीन मल्ल राजाहरुको दरवार (लायकु दरवार क्षेत्र) को पहिचान नमेटियोस् भनेर स्थानीयले दरवार आसपासका घरमा एकै किसिमका रङ लगाएका छन् ।

दरवार आसपासका करिव २० घरमा एकै किसिमको रातो रङ लगाइएको कीर्तिपुर नगरपालिका वडानम्बर १ का वडाअध्यक्ष हर्ष मर्हजनले जानकारी दिए ।

‘पुरातत्वको हिसावमा दरवार क्षेत्र मासिँदै गएकाले यसको पहिचान जोगाउन सहयोग पुगोस् भनेर यस क्षेत्रका घरमा एकै किसिमको रङ लगाइएको हो’ वडाअध्यक्ष महर्जनले रातोपाटीलाई बताए । उनका अनुसार करिव २३ वटा घरमा एकै किसिमको रङ लगाइएको छ ।

कीर्तिपुर नगरपालिकाको अगुवाईमा रङ लगाउन स्थानीयले पनि सहयोग गरेको बताएका छन् । 

मल्लकालमा सो क्षेत्रमा मल्ल राजाहरुको दरवार रहेको थियो । पछि १८२६ सालमा पृथ्वीनारायण शाहले जितेपछि उक्त दरवार भग्नावशेसका रुपमा रहँदै आएको थियो ।

 पञ्चायतकालमा दरवार क्षेत्र अतिक्रमण गर्दै धेरै नीजि घर बनेका छन् ।  जहाँ अहिले दरवारको अवशेषका रुपमा एउटा डवली र मन्दिर रहेको छ ।   

यस्ताे थियाे पुरानाे दरबार


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप