जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक मुक्ति मोर्चाका ११ नेताले गरे आत्मसमर्पण
काठमाडौं– मधेसमा एकदशक भन्दा बढी समयदेखि भूमिगत जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक मुक्ति मोर्चा क्रान्तिकारीका ११ जना नेताहरुले आत्मसमर्पण गरेका छन् । बुधबार राजविराजमा सरकारी वार्ताटोली समक्ष सो समुहका अविनाशसहित ११ सदस्यले १३ थान हतियारसहित आत्मसमपर्ण गरेका हुन् ।
११ जना नेताहरुले आत्मसमपर्ण गरेसँगै सो समुहको नेतृत्व ४ जनामा सिमित भएको छ । गोइत समुहको १५ सदस्यीय समिति रहेको बताइएको थियो ।
आत्मसमर्पण गर्नेहरुमा अविनाशसहित नथुनी यादव, रामपुकार साह, योगेन्द्र यादव, भवानीप्रसाद अगरिया यादव, बद्री यादव, मो.सफिर, देवेन्द्र खड्गा, सञ्जयकुमार यादव र फुलकुमार यादव लगायत रहेका छन् । आत्मसमपर्ण गर्ने समुहले १० थान कटुव पेस्तोल, १२ थन गोली २ थान रिभल्बर लगायतका हतियार बुझाएका छन् ।
कार्यक्रममा सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेसहित सदस्य सुरेश आलेमगर, ताराकान्त चौधरी, राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल, प्रदेशसभा सदस्य गोबिन्द न्यौपाने साथै सुरक्षा सम्बद्ध निकायका प्रमुखहरु, सञ्चारकर्मी र अधिकारकर्मीहरुको पनि उपस्थिति थियो ।
गोइत समुहले तराई–मधेसमा एक दशकयता हिंसात्मक गतिविधि गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण