बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरले सुरु गर्यो स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा

बुधबार, २६ मङ्सिर २०७५, १९ : ११
बुधबार, २६ मङ्सिर २०७५

कठमाडौं– काठमाडौँ महानगरपालिकाले स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा २०७५ सुरु गरेको छ ।  काठमाडौँमा एक कार्यक्रम गर्दै काठमाडौँ महानगर पालिकाले हाम्रो काठमाडौँ हामी बनाउँछौ भन्ने नाराका साथ स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा सुरु गरेको हो ।

महानगरले स्वदेशमा बसी उद्यमशिलता प्रबद्र्धन गर्ने उद्देश्यले प्रतिस्पर्धामार्फत सामुहिक प्लेटफर्म बनाउन लागिएको बताएको छ । यो प्रतिस्पर्धामा समुदाय तथा वातावरण,शहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन विषयमा प्रतिस्पर्धीले नवीन सोच सहितको प्रस्तुति पेश गर्नु पर्नेछ ।

 प्रतिस्पर्धीहरुले बनाएको योजनाको विभिन्न ५ चरणमा परिक्षण मूल्याँकन हुने बताइएको छ । यस प्रतिस्पर्धामा भाग लिनेले पुस ३० गतेभित्र निवेदन दिनुपर्ने छ । प्रतियोगितामा बिजेता ४ विधाका नविन सोचहरुलाई जनही २ लाख उप विजेता ४ जनालाई जनही १ लाख ४ सबै भन्दा उत्कृष्ट भएको समूह विजेता लाई ५ लाख नगद पुरस्कार दिइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप