शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा नयाँ शक्ति पार्टी संयोजक तोकिए

बुधबार, २६ मङ्सिर २०७५, १८ : ५३
बुधबार, २६ मङ्सिर २०७५

बुटवल– नयाँ शक्ति पार्टी नेपाल गुल्मीले जिल्लाका विभिन्न क्षेत्रमा पार्टीका गतिविधि तिव्र बनाउनको लागि बिभिन्न निणर्य गरेको छ । नयाँ शक्ति पार्टी नेपाल गुल्मी संयोजक तेजेन्द्र थापाको अध्यक्षता बसेको जिल्ला समन्यव समितिको पूर्ण बैठकले पार्टी ५ महिनामा ५ परिमाण अभियान सञ्चालन गर्नको लागि ११ सदस्य परिचालन सचिवालय गठन गरेको छ । 

जिल्लामा तीनवटा अभियान टीम बनाए काम गर्ने निणर्य गरिएको बैठकपछि जारी प्रेश विज्ञप्तिमा उल्लेख छ । धुर्ब कुँवरको संयोजकत्वमा गठन भएको टिमले जिल्लाको मादाने, मालिका, धुर्कोट गाउँपालिका हेर्ने छ । टीमको सदस्यमा राजेन्द्र जि.सी र विष्णु जि.सी.रहेका छन् । धुर्व कँुवरको संयोकत्वमा गठन भएको टिमले रेसुङ्ग नगरपालिकासहित मुसीकोट  गुल्मीदरबार, छत्रकोट र रुरु हेर्ने गरि गठन गरिएको छ ।

यस्तै मदनबहादुर खत्रीको संयोजत्कवमा घनश्याम पाण्डे, जनक पन्थी र बाँसबहादुर थापा रहेको टिमले चन्द्रकोण, सत्यवती र कालिगण्डकी हेर्न गरि गठन गरिएको छ । पार्टीका केन्द्रीय कार्यकारी सदस्य तथा प्रदेश न ५ का संगठन विभाग प्रमुख यज्ञ पोख्रेलको प्रमुख आतिथ्यमा बसेको बैठकले  पौष महिना भित्र ११०० सदस्यता वितरण गर्ने निणर्य समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप