शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शान्तिको कामना गर्दै केपटाउनदेखि काठमाडौंसम्म भ्रमण

बुधबार, २६ मङ्सिर २०७५, १८ : ३७
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौं–दक्षिण अफ्रिकाको ८ सदस्यीय सद्भावना टोलीले संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय नेल्सन मण्डेला डे अर्थात् जुलाई १८ को दिन दक्षिण अफ्रिकाको केपटाउनबाट गरेको यात्रा काठमाडौं आई समापन भएको छ ।

भ्रमण अवधिभर ३ वटा ल्याण्डरोभर गाडीमा सडक मार्गबाट १९ देशको भ्रमण गर्दै सम्बन्धित देशका विशिष्ट व्यक्ति, प्रभुद्ध समूह तथा नागरिकहरुको हस्ताक्षर संकलन गर्दै ६ महिना लगाएर १७००० कि.मी. यात्रा पार गरी अन्त्यमा टोली यही मंसिर २५ गते नेपाल आइपुगेको हो ।

टोलीको नेतृत्व किन्स्ले होलगेटले गरेका थिए । उनी एक विश्व प्रसिद्ध अन्वेषक समेत हुन् । उनको टोलीले शान्तिको कामना गर्दै दक्षिण अफ्रिकाको केपटाउन शहरबाट जुलु कालावास नामक पवित्र भा“डोमा एटलान्टिक महासागरबाट ल्याएको पानी बौद्धनाथ स्तुपामा चढाई कार्यव्रmमको समापन गरिएको थियो ।

बौद्धनाथ स्तुपामा पानी चढाउन, बौद्धनाथको इतिहास तथा त्यहा“को जानकारी स्रोत विकास समितिका अध्यक्ष राजकुमार लामा तथा सल्लाहकार खेन्पो दोर्जी लामाले व्यवस्था मिलाएका थिए । भ्रमणको क्रममा विभिन्न देशमा विपन्न परिवारलाई विष्कुट, खानेकुरा, लामखुट्टे भगाउने धुप, झुल आदि वितरण गरिएको थियो ।

बौद्धनाथ स्तुपाबाट विसर्जन गरिएको कार्यव्रmममा दक्षिण अफ्रिकाका अवैतनिक वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठ, नेपाल पर्यटन बोर्डकी बरिष्ठ निर्देशक नन्दिनी थापाको उपस्थिति थियो । साथै काठमाडौंको संयोजन दक्षिण अफ्रिकाका अवैतनिक वाणिज्यदूतावाशका कार्यालय सचिव गोपालप्रसाद वाग्लेले गरेका थिए । 

कार्यव्रmमको समाप्ती पश्चात् नेपाल पर्यटन बोर्डमा एक पत्रकार सम्मेलनको आयोजना गरी दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता नेल्सन मण्डेलाले विश्वमा शान्तिको लागि पु¥याएको योगदानको चर्चा गरिएको थियो ।

यात्रा अवधीभर टोलीले ल्याएको गाडीमा नेपाल भ्रमण वर्ष २०२० को ब्यानर सहित आएर फर्केको हु“दा यसलाई विशेष महत्वका साथ हेरिएको छ । जसले नेपाल भ्रमण वर्ष मनाउने लक्ष्यलाई प्रबद्र्धन गर्न थप सघाउ पु¥याउने विश्वास लिइएको छ । साथै यस्ता कार्यव्रmमले दुई देशबीच सम्बन्ध सुमधुर बनाउन थप बल पुग्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप