बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इन्भेष्टमेन्ट एण्ड फाइनान्सको थप ३ शाखा विस्तार

बुधबार, २६ मङ्सिर २०७५, १६ : ५१
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौं–इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले आफनो एघारौं शाखा कार्यालय बुढानिलकण्ठ ८ हात्तीगौडामा सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी बैंकको ९औ र १०औं शाखा सल्यानको शारदा नगरपालिका १ श्रीनगर तथा रुकुमको मुसिकोट नगरपालिक–४ सोलावाङ्गमा विस्तार गरेको छ । यस वित्तीय संस्थाले उक्त क्षेत्रका वासिन्दालाई छिटो छरितो रुपमा बैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले शाखा कार्यालय विस्तार गरेको जनाएको छ । 

हाल यस वित्तीय संस्थाको देशभरीका विभिन्न ११ स्थानबाट बैकिङ्ग सुविधा प्रदान गरिरहेको छ । निकट भविष्यमा काठमाडौं उपत्यका भित्रका अन्य २ स्थानमा समेत शाखा कार्यालय स्थापनाको तयारी भइरहेको छ । 

हाल कम्पनीको चुक्ता पूँजी ८१ करोड, निक्षेप ४ अर्व २५ करोड र कर्जा तथा लगानी ४ अर्व ३ करोड रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप