नोटबन्दीको समयमा मोदीलाई महत्वपूर्ण सहयोग गर्ने पूर्व–सचिव चुनिए भारतीय रिजर्भ बैंककाे नयाँ गभर्नर
नयाँदिल्ली– सोमबार आरबीआईका गर्भनर उर्जित पटेलको अचानक राजीनामा आयो । उनको ठाउँमा केन्द्र सरकारले भारतका पूर्व निजामति कर्मचारी शक्तिकान्त दासलाई चुनेको छ । शक्तिकान्तको कार्यकाल तीन वर्षको हुनेछ ।
दास अर्थ सचिव रहिसकेका पूर्व कर्मचारी हुन् । हाल उनी १५ औं वित्त आयोगका सदस्य थिए । पटेलको राजीनामापछि सम्भावित गर्भनरहरुको नाममा शक्तिकान्त दासको नाम पनि उल्लेख थियो ।
सन् २०१६ मा नोटबन्दीको समयमा दासले महत्वपूर्ण भूमिका निभाएका थिए ।
सन् १९५७ फब्रुअरी २६ मा जन्मिएका शक्तिकान्तले इतिहास विषयमा एमए गरेका छन् र तमिलनाडू क्याडरका आईएएस अधिकारी हुन् । उनी भारतका शेरपा–२० सदस्य पनि हुन् ।
उनले भारतको अर्थ सचिवका अतिरिक्त राजस्व सचिव र खाद्यमल सचिवको रुपमा पनि काम गरिसकेका छन् । केन्द्रीय आर्थिक मामलाका सचिवका रुपमा आफ्नो कार्यकालको दौरान शक्तिकान्त दासलाई भारतका सबैभन्दा प्रभावशाली मानिसहरुमध्ये एक मानिन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो