शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अरनिको राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दियो, १ युवकको मृत्यु

बुधबार, २६ मङ्सिर २०७५, १५ : १९
बुधबार, २६ मङ्सिर २०७५

काभ्रेपलाञ्चोक– धुलिखेल नगरपालिका–४ बाँसघारीमा बसको ठक्करबाट आज मध्याह्न मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । 

अरनिको राजमार्गअन्तर्गत बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना ४ ख ९२२१ नम्बरको बसले सोही दिशाबाटै जाँदै गरेको बा ८३ प ३३५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धुलिखेल नपा–३ कुत्तालका २० वर्षीय सन्त तामाङ गम्भीर घाइते भएको र उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । 

प्रहरीले बस चालक र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप