शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली कला र संस्कृतिमाथि बाह्य प्रभाव बढ्दै गएकोमा उपराष्ट्रपतिको चिन्ता

बुधबार, २६ मङ्सिर २०७५, १३ : ५४
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा जोड दिन सबैलाई आह्वान गरेका छन् ।  उपराष्ट्रपति पुनले नेपालको मौलिक भाषा, कला र संस्कृतिमाथि बाह्य प्रभाव बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरे ।

बुधबार काठमाडौंमा आयोजित कला र संस्कृतिसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले नेपालको मुख्य पहिचानको रुपमा रहेको भाषा, कला र संस्कृतिको संरक्षण गर्नु सबै नेपालीको कर्तव्य भएको पनि स्मरण गराए । उपराष्ट्रपति पुनले नेपालको कला र संस्कृतिको संरक्षण नभए नेपालनै नरहने अवस्था आउनेतर्फ पनि सचेत गराए  । 

उनले नेपालको कला र संस्कृति विश्वकै सम्पत्ति भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समूदायलाई पनि यसको संरक्षणका सहयोग गर्न अपिल गरे ।  ‘कला र संस्कृतिमा सबैको पहुँच, नेपाल’ ले आयोजना गरेको सो कार्यक्रममा वरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई ‘लाईफटाईम एचिभमेन्ट अवार्ड’द्धारा सम्मान गरिएको थियो ।

त्यस अवसरमा उपराष्ट्रपति पुनले नेपालको भाषा, कला र संस्कृतिको संरक्षणमा मह जोडीले पुर्याएको योगदानको पनि चर्चा गरेका थिए । कार्यक्रममा नेपालको विभिन्न भाषा, कला र संस्कृति झल्कने खालका प्रस्तुति पनि प्रस्तुत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप