शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

होटल सोल्टीले लगानीकर्तालाई दिने २६ प्रतिशत लाभांश पारित गराउन बोलायो साधारण सभा

बुधबार, २६ मङ्सिर २०७५, ११ : १४
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौं– क्राउन प्लाजा काठमाडौं– सोल्टी (होटल सोल्टी)ले आफ्ना लगानीकर्तालाई नगद लाभांश  र बोनस सेयर दिने भएको छ । 

कम्पनीले २६ प्रतिशत  लाभांश पारित गराउन पुस २६ गतेलाई साधारणसभा बोलाएको छ ।  होटलले गत आर्थिक बर्षको नाफाबाट १६.३१ प्रतिशत नगद लाभांश  वित्तरणको प्रस्ताव पारितका लागि साधारणसभामा प्रस्तुत गर्नेछ ।

 यसैगरी कम्पनीले प्रत्येक १० कित्ता सेयर बराबर थप एक कित्ताका दरले  (१० प्रतिशत) बोनस सेयर वित्तरण गर्ने विशेष प्रस्ताव समेत  साधारणसभामा लैजाने छ । कम्पनीको ४४औ बार्षिक साधारण सभाको प्रयोजनका लागि मंसिर २६ गतेदेखि पुसा २६ गतेसम्म सेयर दाखिला खारेज बन्द हुनेछ । 

गत वर्ष (२०७४/०७५) होटलको कुल आम्दानी १.४४ प्रतिशतले बढेको छ । सोल्टी होटलको चुक्ता पुँजी ६६ करोड ६० लाख ६३ हजार ७ सय ४० रुपैयाँ छ । बोनस सेयर वित्तरण पछि होटललको चुक्ता पुँजी ७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप