बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कुसोम वार्षिक महोत्सवमा विभिन्न कार्यक्रम सम्पन्न

बुधबार, २६ मङ्सिर २०७५, १० : ४२
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौँ – नेपालकै सबैभन्दा ठूलो मानिने शैक्षिक मेला ‘कुसोम वार्षिक महोत्सव (कुसोम एनुएल फेस्टिबल–केएएफ)’ २०१८ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

रेडक्रस सोसाइटीको सम्बद्धतामा कुसुमको प्राङ्गणमा महोत्सवका तीन उद्देश्य (नारा) अन्तर्गत  ‘ह्वी केयर’ (हामी ख्याल गर्छौं), ‘ह्वी कोलावोरेट’ (हामी सहकार्य गर्छौं) र ‘ह्वि सेलिब्रेट’(हामी रमाउछौँ) भित्र रहेर डिसेम्बर ७ र ९ मा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ७७ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रम संयोजक सोनाली अग्रवाल भन्छिन्, ‘यस्ता कार्यक्रमले समाजमा एकता र सहगोगको भावनामा वृद्धि गर्छ । र, समाजमा एक अर्कासँग जाडिरहन मद्दत गर्छ ।’

यसबीच  ‘डिसेम्बर बीट्स’ कार्यक्रम पनि सम्पन्न भएको छ । इभेन्ट क्लबको सहकार्यमा  ७  सीजन अन्तर्गतका कार्यक्रममा ३०० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टका विद्यार्थीले १४ वटा साङ्गीतीक प्रस्तुती दिएका थिए । त्यसैगरी आयुष श्रेष्ठ र आदर्श मिश्रले हाँस्यव्यंग्य प्रस्तुती पनि दिएका थिए ।

आयोजकका अनुसार महोत्सवमा विभिन्न कार्यक्रमहरु डिसेम्बर महिनाभर आयोजना हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप