बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

योगी आदित्यनाथ ६ घण्टा जनकपुरमा, के–के गर्नेछन् ?

बुधबार, २६ मङ्सिर २०७५, १० : २७
बुधबार, २६ मङ्सिर २०७५

एसके यादव

काठमाडौँ । मंसिर २६–राम–जानकी विवाह महोत्सवमा जन्तीका रुपमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउन लागेका छन् ।

भारतबाट विवाह महोत्वसमा भाग लिन आउने जन्तीको नेतृत्व गर्दै उनी ११ः१५ वजे जनकपुर आइपुग्नेछन् । 

त्यहाँबाट उनी ११ः३० बजे जानकी मन्दिरमा पूजापाठका लागि जानेछन् । 

३० मिनेट पूजा गरेर उनी जनकपुरको मधेश भवनस्थित मुख्यमन्त्रीको सरकारी निवासमा जानेछन् । त्यहाँ उनलाई मैथिली परम्परा अनुसार स्वागत सत्कार गर्नुको साथै भेटघाटका कार्यक्रम पनि बन्दोवस्त गरिएको छ । 

१२ः३० वजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिने दिवा भोजमा सरिक हुनेछ । २ बजेसम्म दिवा भोज लगायत भेटघाटका कार्यक्रम समेत त्यहाँ राखिएको छ । 

दिवा भोजपछि उनी २ः३० बजे जनकपुरको बाह्रविघामा रामजानकी स्वयंवरमा सहभागी हुन जानेछन् । उनी त्यहाँ ३ः३० वजेसम्म रहने कार्यक्रम रहेको छ । 

त्यसपछि उनी जनकपुरको विमानस्थल आएर आफ्नो विषेश विमानबाट उनी उत्तर प्रदेशको लखनउ फर्किने कार्यक्रम रहेको भारतीय दूतावास स्रोतले जनएको छ । 

उनको स्वागतका लागि मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज राय यादव, आन्तरिक मामिला तथा कानुन मन्त्री, अर्थ मन्त्री विजय यादव, प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र साह, समाजिक विकास मन्त्री नवलकिशोर साह, नेपालका लागि भारतीय राजदूत मञ्जिम्भ सिंह पुरी, सिडियो, एसपी समेत स्वागतका लागि विमानस्थल पुगेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप