बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विवाहपञ्चमी महोत्सवः उत्तर प्रदेशका मुख्यमन्त्री योगीको स्वागतमा भव्य तयारी (फोटो फिचर)

बुधबार, २६ मङ्सिर २०७५, ०९ : ४१
बुधबार, २६ मङ्सिर २०७५

जनकपुर– पौराणिक प्रचलनअनुसार विवाहपञ्चमीमा आज सीतारामको स्वयम्बरपछि विवाह गरी मनाइँदैछ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । 

विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट दुई दिन  अघि नै भारतको अयोध्याबाट जन्ती आइसेकेका छन् । तर यसपटक भने जन्तीमा उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुँदैछन् । 

उनी आज बिहान ११ बजे भारतको उत्तर प्रदेशको मुख्यमन्त्री योगि आदित्यनाथ बुलेट प्रुफ बिमानबाट जनकपुरको एयरपोर्टमा उत्रिने छन् ।

मुख्यमन्त्री योगीको स्वागतका लागि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत र भौतिक पुर्वाधार तथा बिकास मन्त्री जितेन्द्र सोनल लगायत प्रदेश २ का सत्तारुढ दल राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजकिशोर यादव लगायत जनकपुर बिमानस्थलमामा जाने कार्यक्रम रहेको छ । 

उनको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा स्वागत गरिने छ ।  

प्राचीन ऐतिहासिक परम्परा अनुसार भगवान् रामको नगर भारतको अयोध्याबाट जन्ती पहिलो पटक जनकपुर आएका उत्तरप्रदेशका मुख्यमन्त्री योगीलाई संघीय सरकारको तर्फबाट  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतको अगुवाइमा बिमानस्थलबाट स्वागत गर्दै जानकी मन्दिरमा दर्शन, पुजा अर्चना गरि मधेश भवनमा ल्याउने कार्यक्रम रहेको छ ।

योगी जानकी मन्दिरमा पूजा अर्चना पश्चात मधेश भवनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सरिक हुनेछन् । 

मधेश भवनमा योगीसँगै अन्य जन्तीलाई अङ्गवस्त्र भेटबाट स्वागत गरिने छ भने मुख्यमन्त्री योगिलाई कदर पत्रबाट सम्मान गरिने कार्यक्रम रहेको छ । कार्यक्रम समापन पछि जन्ती आएका साधु सन्तलाई ३६ परिकारबाट बनाइएका ५६ भोगको भोजन ग्रहण गराइनेछ ।

त्यसपछी बाह्रविघा ररङ्गभुमी मैदानमा आयोजना गरिएको सीतारामको स्वयम्बरमा सहभागी भई योगी दिउँसो ४ बजे फर्किने कार्यक्रम रहेको मन्त्री सोनलले जानकारी दिए । 

त्यसअघि प्रदेश सरकारले आयोजना गरेको भण्डारा कार्यक्रममा सहभागीता जनाउँने कार्यक्रम पनि तय भएको छ ।

यस विवाहपञ्चमी महोत्सवमा सहभागी हुन अहिलेसम्म अन्दाजी ५ लाख भक्तजनको घुँइचो लागेको छ भने भिड बढ्ने क्रम भने जारी नै छ । 

धनुषा र महोत्तरीको नाकाबाट श्रद्धालुभक्तजन तथा तिर्थालुको आउने क्रम जारी नै छ । मङ्गलवार देखि नै  भक्तजनको आउने क्रम जारी रहेको छ । 

यता जनकपुर यातायात बस व्यवसायी सङ्घले तिर्थालुको  सहजता लागि ५ मिनेटमा एउटा बस गुड्ने व्यवस्था गरेको छ । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप