बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बसको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भिर घाइते

मङ्गलबार, २५ मङ्सिर २०७५, १९ : ५८
मङ्गलबार, २५ मङ्सिर २०७५

-रामभरोसी यादव

सिरहा । सिरहाको लहान–ठाडी सडक खण्ड अन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा  बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएको छ ।

सिरहाको ठाडीबाट लहानतर्फ आउँदै गरेको ना४ख ४७१३ नम्बरको तिरुपति यातायात बसले सोही दिशाबाट आउँदै गरेको स१०प ३५४२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी सुरुङ्गा नगरपालिका–५ कुशहा बस्ने ३५ वर्षीया जुमेदा खातुनको घटना स्थलमै मृत्यु भएको हो । 

त्यस्तै १८ वर्षीय छोरा इरफान राइन घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। घाइते इरफानको उपचार लहानमा अवस्थित सेराज पोलिक्लिनिकमा भइरहेको छ । 

तिरुपति यातायातले एक महिना नबित्दै २ जना महिलाको ज्यान लिएका छन् । यहि मङ्सिर २ गते लहान नगरपालिका ३ हस्पिटल चौकमा लहान ८ बस्ने स्वर्गीय विशेश्वर महतोको श्रीमती ४० वर्षीय कुमारी महतोलाई ठक्कर दिँदा महतोको मृत्यु भएको थियो ।

खातुनलाई ठक्कर दिने चालक फरार रहेको र बस इलाका प्रहरी कार्यलय लहानको नियन्त्रणमा रहेको र फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि राम कुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप