मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

४५ वर्षको उमेरमा पनि मलाइका यसकारण दिन सक्छिन् टप अभिनेत्रीलाई टक्कर

मङ्गलबार, २५ मङ्सिर २०७५, १८ : ४४
मङ्गलबार, २५ मङ्सिर २०७५

मुम्बई– बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री अक्सर आफ्नो तस्विरको कारणले चर्चामा रहने गरेकी छन् । उनका उमेरको बलिउड अभिनेत्री मध्ये उनी सबैभन्दा फिट छिन् । उनी अक्सर जिम स्टेशन बाहिर देखिने गरेकी छन् । 

मलाइकाको हालै एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जुन भिडियोमा उनी निकै कठिन वर्कआउट गरेको देखिएकी थिइन् । वर्कआउट भिडियोमा उनी आफ्नो बडिको ब्यालेन्स गरेको अवस्थामा समेत देखिएकी थिइन् । भिडियोमा उनले फिटनेशका लागि निक्कै पसिना समेत बगाएको देख्न सकिन्थ्यो ।

रिलेशनसिपका कारणले चर्चामा 
मलाईका रिलेसनसिपका कारणले पनि चर्चामा रहने गरेकी छन् । समाचारलाई आधार मान्ने हो भने उनी छिट्टै प्रेमी अर्जुन कपुरसँग पनि विवाह गर्न सक्दछिन् । तर मलाइका र अर्जुनले आफ्नो रिलेशनसिपको विषयमा बाहिर खुलासा गरेका छैनन् । 

नामबाट हटाइन् खान
मलाइकाले हालै आफ्नो इस्टाग्राम प्रोफाइल अपडेट गरेकी छन् । अपडेटमा उनले आफ्नो नाम सिर्फ मलाइका अरोडा राखेकी छन् । उनको यो प्रोफाइल अपडेटबाट उनको रिलेसनसिपको मुद्दा झनै गरम भएको अनुमान गर्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप