शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संसारका हरेक बालबालिकाहरु स्वस्थ, सुरक्षीत र खुशी रहन पाउनुपर्ने सन्देश स्वरुप डिएभी स्कूलका विद्यार्थीले गरे अन्नदान

मङ्गलबार, २५ मङ्सिर २०७५, १८ : १९
मङ्गलबार, २५ मङ्सिर २०७५

ललितपुर– ललितपुरस्थित डिएभी शुशील केडिया विश्व भारति विद्यालयको मदर टेरेसा सोसल सर्भिस क्लबसम्बद्ध विद्यार्थीहरुले ३ दिने अन्नदान कार्यक्रम सुरु गरेका छन् ।

संसारका हरेक बालबालिकाहरु स्वस्थ, सुरक्षीत र खुशी रहन पाउनुपर्ने उद्देश्य र चेतना सहित अन्नदान कार्यक्रम संचालन गरिएको हो । उद्घाटन समारोहमा क्लबसम्बद्ध विद्यार्थीहरुले नेपाल लगायत विश्वका बिभिन्न देशहरुमा बालबालिकाहरुको कहालिलाग्दो भोकमरी र गरिबिको फोटो भिडिया,े तथ्याङ्कसहित प्रर्दशन गरेका थिए ।

विद्यार्थी, शिक्षक र कर्मचारीहरु विद्यालयको खेलमैदानमा आ–आफ्नो घरबाट ल्याइएको विभिन्न खाद्य सामग्री बोकि अन्नदान स्थलमा सहभागि भएका थिए । क्लबका अनुसार संकलित खाद्य सामाग्री मेरी वार्ड स्कुल झम्सिखेल ललितपुर, मेरी वार्ड लुभु ललितपुर, होराक नेपाल पाटन ललितपुर, रोटरी क्लब अफ पशुपति काठमाडौं, रेजिना एमिरोस स्कुल धोबिघाट ललितपुर नवज्योति सेन्टर बालुवाटार, किठ्शा नेपाल काठमाडौ र एनआरएन मधु काठमाडौंलाई हस्तान्तरण गरिने जनाइएको छ । 

यस अघि क्लबले सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई अन्नदान कार्यक्रममा सहभागि हुन अनुरोध गरेको थियो र सोहि समयमा, स्वच्छ चामल, दाल, पिठो, सुजि, तेल, चिनी, बिस्कुट, कुकिज, चाउचाउ, चिउरा, चना, राज्मा लगायत बिभिन्न प्रकारका खाद्यान्नहरु अन्नदान गर्न सकिने जानकारी गराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप