बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डोलीले पायो पिजी सर्टिफिकेट

मङ्गलबार, २५ मङ्सिर २०७५, १८ : ०५
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं – यहि शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘डोली’ सेन्सर पास भएको छ । चलचित्रले सेन्सरबोर्डबाट पिजी सर्टिफिकेट पाउँदै सेन्सर पास भएको हो । पिटी सर्टिफिकेटका कारण डोली हेर्न १६ बर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथ लाग्नु पर्नेछ । 

किरण नेपालीको प्रस्तुति रहेको चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ, सानिया खान, संगीता नापित ,नविन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतमलगायतका कलाकारको अभिनय रहेको छ । 

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा समाजिक सन्देशका साथ भरपुर मनोरञ्जन दिने दावी निर्माण पक्षको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप