शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिसमसमा साहिमाले दर्शक नचाउने

मङ्गलबार, २५ मङ्सिर २०७५, १८ : ०१
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं– चर्चित गायिका साहिमा श्रेष्ठले राजधानीबासी नचाउने भएकी छन् । क्रिसमस डेको अवसर पारेर आगामी पुस १० काठमाडौ बिजनेश पार्क टेकु अवस्थित मसला कटेज एण्ड लन्चबारले आयोजना गर्न लागेको ‘क्रिसमस विथ कलाकार’कार्यक्रममा उनले गीत संगीतबाट सबैलाई नचाउने भएकी हुन् । 

मसला कटेजकै आयोजना रहेको कार्यक्रममा आफुले तिम्रो डोला डोला हातमा, तिम्रो पिक्चर हिट, हेरेको हेरै, माथि माथि लगायत करिब दर्जन बढी फिल्म तथा एल्बमका गीत प्रस्तुत गर्ने साहिमाले बताइन् । 
कार्यक्रममा साहिमाको अलवा गुन्जन श्रेष्ठ, उत्तम श्रेष्ठ, सरुना खत्री लगायत गायक गायिकाको समेत प्रस्तुति रहनेछ । 

क्रिसमस डे गीत संगीतसँगै मनाउने अवसर प्रदान गर्न ‘क्रिसमस विथ कलाकार’ कार्यक्रम आयोजना गर्न लागिएको मसला कटेजका प्रवन्ध निर्देशक निलेस रायले जानकारी दिए । कार्यक्रममा दर्शकले फर्माइस गरेर समेत कलाकारलाई गाउन लगाउन सक्ने उनले खुलाए ।

यस्तै कटेजले अग्रेजी नयाँ वर्षको अवसर पारेर डिसेम्बर ३१ मा पनि एक भव्य सांगीतिक कार्यक्रम आयोजना गर्दैछ । ‘न्यु इयर इभ’ नाम राखिएको कार्यक्रममा चर्चित गायक उदय श्रेष्ठले विभिन्न गीतसंगीत प्रस्तुत गर्नेछन् । गायक श्रेष्ठको अलवा दमोलिफाइव ब्यण्डको समेत प्रस्तुति रहेन कार्यक्रममा दर्शकले डान्ससँगै विभिन्न खानाको पनि अनुभव लिनसक्ने आयोजकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप