बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेस्सीलाई इटालीमा खेल्न रोनाल्डोको निम्तो !

मङ्गलबार, २५ मङ्सिर २०७५, १० : ११
मङ्गलबार, २५ मङ्सिर २०७५

एजेन्सी – युभेन्ट्समा स्टार क्रिस्टीयानो रोनाल्डोले बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई बार्सिलोना बाहिर खेलेर देखाउन चुनौती दिएका छन् ।
 
स्पेनिस जाइन्ट किलर रियल म्याड्रिडमा लामो समय विताएर युभेन्ट्सको जर्सी लगाएका रोनाल्डोले मेस्सीलाई स्पेन छाडेर इटालीको कुनै क्लबबाट खेल्न चुनौती दिएका हुन् । 

इटालीको एक सञ्चारमाध्यामलाई अन्तवार्ता दिनेक्रममा रोनाल्डोले मेस्सीबारे खुलेर बोलेका थिए । रोनाल्डोलाई मेस्सीसँगको प्रतिस्पर्धा छुट्दा कतिको मिस भएको छ भन्ने प्रश्नमा उनलाई भुल्न नसकेको पनि बताए । मेस्सीले अव नयाँ चुनौती लिने बेला भएको पनि रोनाल्डोले सुझाएका छन् । 

‘मैदानमा मेस्सीलाई मैले साच्चै ‘मिस’ गरिरहेको छु । मैले खेल जीवनको सुरुवात पोर्चुगलबाट गरें । त्यसपछि इङ्ल्यान्ड हुँदै स्पेनमा लामो समय विताएँ । अहिले इटाली आएको छु । युभेन्ट्सबाट सिरिए खेल्दा रमाईलो भईरहेको छ,’ रोनाल्डोले भने । रियल छाडेर यसै सिजनको सुरुवातमा एक सय मिलियन युरो पारिश्रमिकमा युभेन्ट्स पुगेका रोनाल्डोले मेस्सीले स्पेन छाडेर अन्यत्र खेल्नु पर्ने पनि बताए । 

रियल म्याड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिग उपाधि दिलाएका रोनाल्डो र मेस्सीबीच स्पेनमा थुप्रै भिडन्त भए । यी दुवै स्टारले व्यक्तिगत र टोलीका लागि धेरै उपलब्धि पनि हात पारेका थिए । 

अहिले मेसी र रोनाल्डोको भिडन्त मैदान भित्र भन्दा मैदानबाहिर बढी भएको छ । रोनाल्डोले आफ्नो जिन्दगी नै चुनौती भएको पनि बताए । ‘मेरो लागि जिन्दगी चुनौती हो । मलाई सँधै नयाँ चुनौतीको सामना गर्न मनपर्छ । मैलेजस्तै केसीले पनि चुनौतीको सामना गर्न सक्नुपर्छ । म मेस्सीले इटाली आएर खेलेको हेर्न चाहन्छु । तर मेस्सी स्पेनमै खुशी देखिन्छन् । किनकी उनी चुनौती मोल्न चाहदैनन्,’ रोनाल्डोले थपे । मेस्सी राम्रा र शालिन खेलाडी भएको पनि रोनाल्डोले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप