शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तपाईको आजको भाग्य कस्तो छ ? हेर्नुस् राशिफल

मङ्गलबार, २५ मङ्सिर २०७५, ०६ : ४१
मङ्गलबार, २५ मङ्सिर २०७५

वि.सं. २०७५ साल मङ्सिर २५ गते । मङ्गलबार । इस्वी सन् २०१८ डिसेम्बर ११ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि चतुर्थी,  २८ घडी ४८ पला,  बेलुकी ०६ बजेर १७ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र उत्तरषाडा,  १४ घडी २१ पला,  दिउँसो १२ बजेर ३० मिनेट उप्रान्त श्रवण । योग ध्रुव,  ३८ घडी ५३ पला,  बेलुकी १० बजेर १९ मिनेट उप्रान्त व्याघात । करण भद्रा,  बेलुकी ०६ बजेर १७ मिनेट उप्रान्त बव । आनन्दादिमा मानस योग । चन्द्रराशि मकर ।  मङ्गल–चौथी व्रत ।

काठमाडौंमा सूर्योदय ०६ बजेर ४५ मिनेटमा,  सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेटमा । दिनमान २५ घडी ५५ पला ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)  गीत सङ्गीतमा विषेश रुचि बढ्नेछ भने विद्यामा तपाईं अब्बल सावित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ । पतिपत्नीबीचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो कसिलो भएर जानेछ ।    

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)  साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला,  खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । व्यावसायमा लगानी नगर्नुहोला आज गरिने व्यावसायबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिँदा पढाइ लेखाइमा अरूभन्दा पछि परिनेछ । लामो दूरीको धार्मिक तथा अध्ययन यात्रा हुने अधिक सम्भावना रहेको छ । धर्म कर्ममा मन जानेछ । माया प्रेममा मनमुटाव हुने प्रबल सम्भावना छ । 

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)  परिवार तथा आफन्तजनसँग मनमुटाव बढ्नेछ भने पतिपत्नी तथा माया प्रेममा अविश्वास सिर्जना हुनेछ । सवारी यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरूबाट धोका हुनेछ । 

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)  व्यापारमा लगानी गरी मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिने समय रहेको छ । साझेदारहरूबीच मन मिल्ने हुँदा नयाँ उद्योगमा लगानी गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथै पुरस्कार जित्न सकिने छ । आफन्त तथा गुरुजनहरू खुसी हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवनसाथीको साथ रहने हुनाले काम गर्न ऊर्जा थपिनेछ । भौतिक तथा विलाशी वस्तुहरू प्राप्तिको योग रहेको छ । 

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)  व्यापार व्यावसायमा लगानी गरी आर्थिक स्थिति उकास्न सकिनेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रु परास्त हुने तथा न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउनेछन् । पढाइमा देखिएको कमजोरी सुधार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । आत्मीय मित्र तथा मन मिल्ने साथी फेला पार्न सकिनेछ भने माया प्रेममा प्रशस्त समय रमाउन सकिनेछ । 


कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  अध्ययनमा प्रशस्त समय दिए पनि कमसल नतिजामा चित्त बुझाउनुपर्ने समय छ । छोराछोरी तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । आर्थिक अवस्था कमजोर रहने तथा व्यापारमा अलि बढी नै समय खर्चंदा मात्र चाहेजस्तो नतिजा हात लगाउन सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनु होला समय मध्ययम रहेको छ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखिन सक्छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरू व्यावसायमा नाफा कमाउन निकैनै सङ्घर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको कारोवारबाट केही मात्रमा लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।

बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरूलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । विद्यामा तपार्इंको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।  व्यापारमा प्रशस्त आम्दानी हुने हुनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ । खेलकूद तथा यस्तै पराक्रमी क्रियाकलापमा भाग लिन सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  व्यापारमा प्रशस्त समय खर्चिए मात्र भनेजस्तो आम्दानी हुनेछ । अप्रिय समाचारमा मन खिन्न हुनेछ भने समाज सेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ । बोल्दा वा कुनै निर्णय गर्दा ध्यान दिनुहोला, आफ्नै बोलीले घाटा लाग्न सक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा एकअर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव बढ्नेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)  प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने विशिष्ट व्यक्तिहरू नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धिमूलक काम बन्नेछन् । राजनीति तथा समाज सेवामा समय दिनेहरूले पद पाउने समय रहेको छ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरू फराकिला हुनेछन् । सुन्दर तथा विलाशी सामानको प्रयोगमार्फत अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)  अन्तर्राष्ट्रिय बजारमा उत्पादित सामानको व्यापार व्यावसाय गर्दा प्रशस्त नाफा कमाउन सकिनेछ । लामो दूरीको विदेश यात्रा हुनेछ । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बढे पनि मन खुसी रहनेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरू भन्दा पछि परिनेछ भने माया प्रेममा एकअर्कालाई शङ्का गर्नाले मनमुटाब सिर्जना हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  आम्दानीको तुलनामा खर्च कम हुने हुदा फाइदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा सेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ भने पैतृक धनसम्पत्तिको परिचालनको माध्यमबाट मनग्गे लाभ लिन सकिनेछ । राजनीतिमा लाग्नेहरूले राज्यबाट विशेष सेवा सुविधा पाप्त गर्न सक्नेछन् । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धी कामबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप