शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय पुनर्निर्माणका लागि कृष्ण तिमिल्सेनाले गरे १३ लाख ६० हजार सहयोग

सोमबार, २४ मङ्सिर २०७५, २२ : १६
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौं–धादिङको निलकण्ठ नगरपालिका १४ धुवाँकोटस्थित श्री सरस्वती माध्यमिक विद्यालय पुनर्निर्माणका लागि एकै व्यक्तिले रु १३ लाख ६० हजार सहयोग गरेका छन् । 

डेढ दशकदेखि लन्डनमा व्यवसाय गर्दै आएका कृष्ण तिमिल्सेनाले सो सहयोग गरेका हुन् । तिमिल्सेना धादिङ धुवाँकोटकै स्थायी बासिन्दा हुन् ।  

०७२ सालमा आएको भूकम्पले ध्वस्त भएको विद्यालय पुनर्निर्माणका लागि आर्थिक समस्या परेको थाहा पाएसँगै तिमिल्सेनाले विद्यालयलाई सो आर्थिक सहयोग उपलब्ध गराएका हुन् । 
सोही विद्यालयमा प्रारम्भिक शिक्षा हासिल गरेको तिमिल्सेनाले भने, ‘आफैँले कखरा सिकेको विद्यालयलाई  रकम सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’ तिमिल्सेनाले केही समयअघि नेपाल आएको अवसरमा सो रकम विद्यालयलाई हस्तान्तरण गरेका थिए ।  तिमिल्सेनाकै आर्थिक सहयोगबाट अहिले विद्यालयको पुनर्निर्माण सम्पन्न भएकाे छ । 

लण्डनमा व्यसायका साथै विभिन्न संघसंस्थामा समेत संलग्न तिमिल्सेनाले धुवाँकोटकै तमैरातमाटे माविका लागि पनि  ३ लाख रुपैयाँ सहयोग  गरेका थिए । यस्तै उनले नेपालमा वृद्धाश्रम, मन्दिर निर्माणदेखि अन्य विभिन्न सामाजिक काममा निरन्तर सहयोग गर्दै आएका छन् । 

तिमिल्सेना नेपलिज् सेफ एसोसिएसन यूकेका अध्यक्ष, एनआरएनए यूके पूर्व उपाध्यक्ष तथा एनआरएनए आइसीसी पूर्व सदस्य हुन् ।

 हाल उनी एनआरएनए केन्द्रको ट्रेड इन्भेस्टमेन्ट प्रमोसन र पोलिसी एन्ड प्रोसिडुर्स टास्क फोर्समा समेत संलग्न छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप