सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

१४ वर्षीय बालिका बलात्कारको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ

सोमबार, २४ मङ्सिर २०७५, १३ : २३
सोमबार, २४ मङ्सिर २०७५

भक्तपुर– बलात्कारको अभियोगमा  भक्तपुरको सूर्यविनायक नगरपालिका ८ जगातीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सिन्धुली कपिलाकोट गाउँपालिका ६ की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक बस्ने सिन्धुली मरिण गाउँपालिका ४ का २० वर्षीय पाल्जेन दोर्जे थिङलाई प्रहरीले पक्राउ गरेको हो । 

थिङले आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा महानगरीय प्रहरी बृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले उनलाई  पक्राउ गरेको हो । 

यसबारे अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप