बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय विद्यार्थीको आइईएलटीएस स्कोरको वैधानिकतामाथि क्यानडाको विश्वविद्यालयले उठायो प्रश्न

सोमबार, २४ मङ्सिर २०७५, १३ : १८
सोमबार, २४ मङ्सिर २०७५

क्यानडा ।  क्यानडाको ओन्टारियो सहरमा रहेको एक विश्वविद्यालयले भारतबाट आएका विद्यार्थीहरुको आइईएलटीएस स्कोरको वैधानिकतामाथि प्रश्न उठाएको छ । कलेजले भारतीय विद्यार्थीहरुको भाषा दक्षता उनीहरुले ल्याएको अंकसँग ‘बेमेल’ भेटेपछि यस्तो प्रश्न उठाएको हो । 

नायगेरा कलेजमा सन् २०१९ जनवरीको कार्यक्रमको लागि भर्ना भएका ४०० विद्यार्थीहरुलाई सम्पर्क गरेर कलेज प्रशासनले दोस्रो पटक भाषा परीक्षा दिनुपर्ने बताएको छ । परीक्षा नदिएको अवस्थामा उनीहरुको भर्ना रद्द गरिने कलेजले बताएको छ । उनीहरुले भारतका विभिन्न स्थानबाट आईईएलटीएस परीक्षा दिएका थिए ।

‘इन्टरनेशनल इंग्लिस ल्याङ्गुयज टेस्टिङ सिस्टम(आईईएलटीएस)’ लाई क्यानडाका अधिकांश शैक्षिक संस्थानहरुले मान्यता दिन्छन् । 

आईईएलटीएस क्यानडाको इमिग्रसन विभागले अप्रवासन र नागरिकताका लागि आवेदन दिनेहरुको भाषा दक्षताको स्वतन्त्र प्रमाणको लागि स्वीकार्ने दुई प्रमुख भाषा जाँच मध्य एक हो । 

नायगेरा कलेजका ‘एकेडेमिक एण्ड लर्निङ सर्विस’का उपाध्यक्ष स्टीभ हड्सनले आफ्नो कलेजले यो विषयमा जाँच गर्नुको कारण रहेको जानकारी दिए ।

 उनका अनुसार यो वर्षका प्रथम वर्षमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुमध्ये ‘शैक्षिक रुपमा चिन्ताजनक विद्यार्थीहरुको’ संख्या अघिल्लो वर्षभन्दा दोब्बर भएपछि कलेजले कलेज कडा चाल्नु परेको हो ।
 हड्सनका अनुसार अघिल्लो वर्ष १५० विदेशी विद्यार्थीहरु यो सूचीमा परेका थिए, जुन यो वर्ष ३०० पुग्यो । 

ती विद्यार्थीहरुलाई पछि कलेज आफैले भाषाको जाँच लिदा उनीहरुको अंगे्रजी दक्षता त्यो तहलाई चाहिने जति नभएकाले उनीहरुको शैक्षिक अवस्थामा असर परेको देखिएको थियो । 

थप अनुसन्धानले ती विदेशी विद्यार्थीहरुमध्ये ८० प्रतिशत भारतीय भएको देखिएको थियो । उलेख्नीय कुरा ती भारतीय सबैले अष्ट्रेलियामा मुख्यालय रहेको आइडीपी एडुकेशनले संचालन गरको टेष्ट लिएको देखिएको थियो । 

नायगेरा कलेजले अधिकारीहरुले आईडीपी एडुकेशनलाई अनुसन्धानको निष्कर्षबारे सूचित गरेको बतायो । 

आईईएलटीएस टेष्ट आईडीपी एजुकेसन, द ब्रिटिश काउन्सील र क्याम्ब्रिज एसेसमेन्ट इंग्लिसको संयुक्त स्वामित्वमा रहेको छ । यो तीन घण्टे परीक्षामा जाँच दिने व्यक्तिको अंग्रेजी सुन्ने, पढ्ने, लेख्ने र बोल्ने क्षमतालाई १ देखि ९ को स्केलमा मापन गरिन्छ । ९ स्कोर ल्याउने व्यक्ति भाषामा पूर्ण पकड राख्ने मानिन्छ । 

आईडीपी एडुकेशनका अनुसार अघिल्लो वर्ष विश्वभरी ३० लाखभन्दा बढी मानिसले आईईएलटीएस परिक्षा दिए । 

“यो जाँच परिक्षार्थीको राष्ट्रियता, संस्कृति, पृष्ठभूमि, लिंग वा आवश्यकतालाई वेवास्ता गर्दै सबैप्रति समान रहने भनेर परिचित छ,” आईईएलटीएस ÷आइडीपी एडुकेशनका म्यानेजिङ डाइरेक्टर वारवीक फ्रिल्याण्डले मेलबर्नबाट क्यानेडेली मिडिया ‘द स्कार’लाई पठाइएका इमेलमा भनिएको छ । 

अर्को इमेलमा आइडीपी एडुकेशनले नायगेरा कलेजले भारतीय विद्यार्थीहरुसँग लिएको आन्तरिक भाषा परिक्षामाथिनै प्रश्न उठाए । 

इमेलमा उसले ‘कलेजले निम्न स्तरको परिक्षा लिएको’ र त्यसलाई ‘क्यानडाका अन्य शैक्षिक सस्थान तथा सरकारले अंगेजी भाषा दक्षता मापनको लागि मान्यता नदिने’ आरोप लगाएको छ ।
क्यानडाको इमिग्रेसन विभागका प्रवक्ताले यो मामलामा अधिकारीहरुले ख्याल गरिरहेको बताए । 

यसअघि पनि विश्वका विभिन्न स्थानमा भाषा परिक्षाको बेला भएका जालझेलका घटनाहरु बाहिर आएका थिए । 

–पेन्सिलभेनिया स्टेट विश्वविद्यालयमा भर्ना भएकी एक चिनियाँ विद्यार्थी यो वर्ष भाषा परीक्षामा जालझेल गरेकोमा दोषी पाइएकी थिइन् । उनले आफ्नो टोफल परीक्षाको बेला अरुलाई पैसा दिएर जाँच दिन लगाएको पत्ता लागेको थियो । 

–सन् २०१६ मा ब्रिटेनका कयैन मानिसहरु ‘इमेग्रेसन स्क्याम’ चलाएको आरोपमा पक्राउ परेका थिए । उनीहरुले गैर–युरोपेली संघका विद्यार्थीहरुको लागि ‘टीओईआईसी’ परीक्षामा पैसा लिएर परीक्षा दिने गरेको खुलासा भएको थियो । 

–सन् २०११ मा अष्ट्रेलियामा कर्टीन विश्वविद्यालयको अंग्रेजी भाषा केन्द्रका एक कर्मचारीले घुस लिएर कम्युटरबाट आईईएलटीएस परिणामलाई बदलेकोमा दोषी पाइएको थियो । 

आईडीपी एडुकेसनका म्यानेजिङ डाइरेक्टर फ्रील्याण्डले आफूहरुले परीक्षा लिने सबै परीक्षाकेन्द्रहरुलाई एकदम ध्यानपूर्वक निगरानी गरेर उच्च मापदण्ड प्रत्याभूत गर्ने गरेको बताए ।

भारतमा २१५ अमेरिकी डलर पर्ने यो टेष्टको दुई संस्करण रहेको छ । यसमा एउटा उच्च शिक्षाको उदेश्यको लागि प्रश्नपत्र आउँछ भने अर्को सामान्य संस्करण हुन्छ । 

४२८ भारतीय विद्याथीहरुलाई दोहो¥याएर गराउन भनिएको आईईएलटीएस परीक्षाको शुल्क तिर्न आफूहरु जिम्मेबार नभएको नायगेरा कलेजले जनाएको छ । उसले सोमबारसम्म परिक्षाा गरिसक्नुपर्ने बताएको छ । 

‘ल्याङवीज क्यानडा’का निर्देशक गोन्जालो पेराल्टाले भाषा परीक्षाको सत्यनिष्ठता कायम राख्नु अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको लागि अत्यन्त महत्वपूर्ण भएको बताए । उनको संस्थाले क्यानडाका २०० अंग्रेजी र फ्रेन्स भाषा कार्यक्रम प्रदायकहरुको प्रतिनिधित्व गर्छ । 

“उपयुक्त र राम्रो गुणस्तरको परिक्षाबीना तपाईले अन्तरार्ष्ट्रिय शिक्षा चलाउनै सक्नु हुन्न । यो कुरामा यति धेरै कुरा निर्भर गर्छ ,” पेराल्टाले भने ।

नायगेरा कलेजको बारेमा उल्लेख गर्दा पेराल्टाले आफू यो घटनाबारे चिन्तित रहेको बताए । 
क्यानडाको ‘इन्टरनेशनल ब्युरो अफ एजुकेसन’का अनुसार सन् २०१७ मा क्यानडाको अध्ययनको सम्पूर्ण तहमा ४,९४,५२५ विदेशी विद्याथीहरु रहेका थिए । यो संख्या त्यस अघिको वर्षको विद्यार्थीको संख्याको तुलनामा १७ प्रतिशतले बढी हो । तीमध्य पनि २५ प्रतिशत अर्थात १,२३,९४० भारतबाट मात्रै आएछन् । तर पनि भारतीय विद्यार्थीहरुको संख्या चिनियाँ विद्यार्थीपछि दोस्रो स्थानमा रहेका छन् । 

नायगेरा कलेजले लिने ४,६८३ विदेशी विद्यार्थीहरु मध्य भारतबाट मात्रै २,९१४ आएका छन् । विदेशी विद्यार्थीहलाई औसतमा १३,५०० अमेरिकी डलर शुल्क लाग्ने गर्छ , जुन क्यानेडेली सहपाठीले तिर्नेभन्दा तीन गुणा बढी हो । 

द स्टार डटकमबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप