शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पुलिसले फेसबुकमा वान्टेडको विज्ञापन दिए, अपराधीले भने, ‘४८ घण्टामा पुग्नेछु’

सोमबार, २४ मङ्सिर २०७५, ०९ : १६
सोमबार, २४ मङ्सिर २०७५

अमेरिकाको वासिङ्टनमा एक अपराधीले पुलिसको पोष्टमा कमेन्ट गरेपछि घटना निकै रोचक भएको छ । पुलिसले एन्थोनी एकर्स (३८) लाई पक्राउ गर्नका लागि फेसबुकमा एउटा विज्ञापन पोष्ट गरेको थियो । यसको जवाफमा एन्थोनीले आफू ४८ घण्टाभित्र पुलिसथाना पुग्ने बताए ।

रिचल्याण्ड पुलिस डिपार्टमेन्ट अपराधीलाई पक्राउ गर्नका लागि सोसल मिडियामा विज्ञापन पोष्ट गर्छन् । यसलाई वान्टेड वेडनेसडे भनिन्छ । उक्त विज्ञापनमा लेखिएको थियो, ‘एन्थनी एकर्सलाई पुलिसले पक्राउ गर्न असफल रह्यो । यदि कसैलाई उनीबारे थाहा छ भने दिइएको नम्बरमा सूचित गर्नुहोस् ।’

विज्ञापन पोष्ट गरेको पाँच घण्टापछि पुलिसले अपराधी स्वयंकै जवाफ पाए । लेखिएको थियो, ‘म एन्थोनी एकर्स हुँ । तपाईं नरिसाउनुहोस् । म आत्मसमर्पण गर्नका लागि तयार छु ।’ यसमा पुलिसले जवाफ फर्काएको छ, ‘तिमीलाई यहाँ आउन गाडी चाहिन्छ भने हामीलाई भन्न सक्छौ ।’

एन्थोनीले लेखे, ‘प्रस्तावको लागि धन्यवाद । म एक महिनाको लागि तपाईंको इलाकामा हुनेछु । ४८ घण्टाभित्र तपाईंकोमा आउनेछु ।’ तर ४८ घण्टा बितिसक्दा पनि एन्थोनी पुलिसथाना पुगेनन् । फेसबुकमा एक प्रयोगकर्ताले सोधे, ‘के उनले आत्मसमर्पण गरे ? ’ उत्तरमा पुलिसले भने, ‘उनी आएनन् ।’

पुलिसथाना पुग्न नसकेकोमा माफी मागेः

एन्थोनीले माफी माग्दै भने, ‘डियर रिचल्याण्ड पुलिस डिपार्टमेन्ट । म आफ्नो प्रतिबद्धता पूरा गर्छु तर यसपटक आउन सकिनँ । यसका लागि खेद छ । भोलि खाना खानुअघि तपाईंको सामुन्ने हुनेछु । तपाईंले मलाई विश्वास गर्ने कुनै कारण छैन । तर म भोलि भनेको समयमा उपस्थित हुन सकिनँ भने फोन गरेर तपाईंसँग गाडी माग्नेछु ।’

यो पनि लेखियो, ‘रिचल्याण्ड पुलिस, तपाईंलाई अग्रिम धन्यवाद किनभने तपाईंहरुले मलाई दोस्रो मौका दिनुभयो । मलाई थाहा छ कि म यसको लायक छैन ।’

यद्यपी, दोस्रो पटक पनि एन्थोनीले आत्मसमर्पण गरेनन् ।

पुलिसले तेस्रो पटक गरे कोसिसः

जब दोस्रोपटक पनि पुलिस स्टेशन पुगेनन् तब पुलिसले उनलाई आफ्नो गाडी पठाउने अफर दिए । पुलिसले भने, ‘विकेन्ड आयो र गयो । हामीलाई सुरुदेखि नै लागिरहेको थियो कि तिमी आउनै चाहँदैनौं । तिमीले हामीलाई जुनसुकै बेला फोन गर्न सक्छौं । हामी तिमीलाई लिन आउनेछौं ।’

अन्त्यमा तेस्रो पटक एन्थोनीले आफ्नो बचन निभाउँदै डिसेम्बर चार तारिखमा रिचल्याण्ड पुलिससामू आत्मसमर्पण गरे । उनले पुलिस अधिकारीसँग सेल्फी खिचे, त्यसलाई सोसल मिडियामा अपलोड गर्दै लेखे, ‘मेरो स्विटहार्टसँग डेटमा आएको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप