बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डा. भट्टराईलाई च्याँख्ला, पीठो र गुन्द्रुक उपहार

सोमबार, २४ मङ्सिर २०७५, ०७ : ४४
सोमबार, २४ मङ्सिर २०७५

खोटाङ — पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मकैको च्याँख्ला, कोदोको पीठो र गुन्द्रुक उपहार दिइएको छ । 

पाँच दिनका लागि खोटाङ आएका नयाा शक्ति पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री भट्टराईलाई यस्तो उपहार दिइएको हो । 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङका वडाध्यक्ष निर्मल राईले मकैको च्याँख्ला, श्रीमावि बास्बोटेका प्रधानध्यापक जसराज किराँतीले गुन्द्रुक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र राईले कोदोको पीठो उपहार दिएका हुन् । 

शनिवार बिहान दित्तलेस्थित हाटडाँडामा भएको कार्यक्रममा पछिल्लो समय गाउँघरमा उत्पादन भएका यस्ता कृषिजन्य वस्तुको औचित्य घट्दो अवस्था रहेको भन्दै भट्टाईलाई यस्तो उपहार दिइएको वडाध्यक्ष राईले जानकारी दिए ।, आजको कारोवार दैनिकमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप