बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इपीएलको रौनक : चियरलिडर्सको नृत्यदेखि दर्शकमा क्याच पक्रने होडबाजी (फोटो)

आइतबार, २३ मङ्सिर २०७५, १४ : ३६
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौँ । एभरेस्ट प्रिमियर लिग ((इपीएल) क्रिकेट प्रतियोगिता किर्तिपुरस्थित मैदानमा जारी रहेको छ ।

शनिबारबाट शुरु भएको प्रतियोगितामा नेपालका ६ वटा मुख्य शहरको फ्रेन्चाइज टोली सहभागी छन् ।

यस पटक हरेक टोलीमा चर्चित विदेशी खेलाडीको सहभागिताले प्रतियोगितामा रौनक थपेको छ । 

त्यस्तै, चियरलिडर्सहरुको नृत्यले प्रतियोगितामा थप आकर्षण थपेको छ ।

जसले गर्दा प्रतियोगितामा दर्शक तथा क्रिकेट प्रेमीको उल्लेख्य सहभागिता देख्न पाइन्छ ।

त्यसमाथि क्याच पक्रे दर्शकहरुलाई नगद उपहारको व्यवस्था राखिएको कारण दर्शकहरुबीच क्याच पक्रने होडबाजी पनि देख्न सकिन्छ ।

प्रतियोगिता पुस ७ गतेसम्म चल्नेछ ।

हेरौँ आइतबारको खेलको केही झलक :


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप