शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतको कीर्तिमान तोड्दै कराते खेलाडी उज्ज्वल ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड रेकर्ड प्राप्त

शनिबार, २२ मङ्सिर २०७५, २० : ५८
शनिबार, २२ मङ्सिर २०७५

विजय थापा 
 

अमेरिका- डिसी महानगर क्षेत्रका कराते खेलाडी उज्ज्वल ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ । 

भारतको किर्तिमान तोड्दै २ सय २६ घुँडा प्रहार गरि ठकुरीलाई उक्त बिश्व किर्तिमान पदक प्राप्त भएको हो । यस सहित ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।

काठमाडौँमा जन्मेका उज्ज्वल ठकुरी आमा जयन्ति शर्मा पौडेल तथा बाबु राजेन्द्र ठकुरीका जेठा सुपुत्र हुन् । तेश्रो पटक गिनिज वर्ल्ड रेकर्ड बिजेता ठकुरीले भर्खर मात्र ६ डान उपाधि प्राप्त गरि अमेरिकन मरिन गोजु कराते बाट सम्मानित भएका थिए । 
उनले यो भन्दा पहिला दुई विधामा खुट्टा फारेर (फांग गरेर) अधिक भार उठाई गिनिज वर्ल्ड रेकर्ड राखेका थिए ।

फांग (खुट्टा फारेर ) गर्ने यस्तो विधा हो जुन कराते,उसु र तेक्वान्दोले प्रत्येक दिन कसरत गर्नै पर्छ । उक्त विधामा २ पटक पटक बिश्व किर्तिमान राखेका थिए । यो तेस्रो विधामा पनि ठकुरीले नेपाल र नेपालीको लागि अलग पहिचान बनाएका छन् । यो विधामा बिश्वका ठुला राष्ट्रहरु बेलायत ,चीन,रुस ,अमेरिका लगायत देशले पनि किर्तिमान राख्न नसकेकोमा ठकुरी गर्व गर्दछन् ।

उनी भन्छन् -एउटा नेपाली खेलाडी अमेरिकामा बसेर यी तीनै विधामा प्रत्येक दिन कसरत नगरी नहुने विधामा गिनिज बिश्व रेकर्ड राख्न सफल भएको छु । र मार्शल आर्ट्स (कौशल विधा)को मुख्य भाग चल्ने भनेको हात खुट्टा र घुडा हो अनि फांग(खुट्टा फार्नु ) गर्नु हो  ।

तेश्रो बिश्व तेस्रो रेकर्डमा ३ मिनेटमा १ सय ८० घुडा प्रहार गर्नु थियो । जसलाई अग्रेजीमा नी (knee) र बेढंग लडाई (रफ फाइट)मा हिज्ज़ा भनिन्छ । यो किर्तिमान भारतका ग्रान्ड मास्टर जसलाई अमेरिकी राष्ट्रपतिले सम्मान गरेका थिए उनको नाम जय नाथ रेड्डी थिए । उनको १० गिनिज रेकर्ड्स छ। उनको यो किर्तिमान देखेर उनलाई चुनौती दिन मन लागेर चुनौती गरेको बताए ।

जसको लागि आफूले निकै मेहनत र कडा परिश्रम गरेर तेश्रो बिश्व गिनिज रेकर्ड्स कायम गर्न सफल भएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप