नक्सालमा खिचियो ‘रणवीर’को ‘तिरीमिरी तिरीमिरी तीन तारा’
काठमाडौं – १८ माघमा रिलिज मिति तोकिएको चलचित्र ‘रणवीर’को एक गीत भने भर्खर छायाँकन गरिएको छ ।। राजधानीको नक्सालस्थित बालमन्दिर भव्य सेट तयार गरेर चलचित्रको ‘तिरिमिरी तिरिमिरी तिनतारा’बोलको गीत छायाँकन गरिएको हो ।
४ दिन लगाएर छायाँकन गरिएको गीतमा मुख्य कलाकार सुशिल सिटौला, शुभेच्छा खड्का र सुपुस्पा भट्टले नृत्य गरे । राजनराज शिवाकोटीको संगीत रहेको गीतमा शब्द र स्वर पनि उनकै छ । गीतमा राजनलाई गायिका अन्जु पन्तले साथ दिएकी छन् ।
गीतका कलाकार शुभेच्छा र सुपुस्पाले नेपाली टिपिकल ड्रेसमा आफुलाई प्रस्तुत गरेका छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
‘गीतलाई भव्य बनाउन कुनै कसर बाकि राखिएको छैन’ लामिछानेले भने ‘‘मैले गरेको काममा यसलाई उत्कृष्ट भन्न सक्छु ।’
यसैगरी निर्मात्री गोमा बिस्टले गीतलाई पनि विना सम्झौता तयार गरिएको बताए । ‘गीतमा हामीले फिल्म झैँ सम्झौता गरेका छैनौ’ उनले भनिन् ‘गीतमा १५० भन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको छ ।’ गीतमा झन्डै २५ लाख खर्च भएको निर्माता दिपेन्द्र रेग्मीले बताए ।
चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा