चिकित्सा विज्ञानमा चमत्कार: सुंगुरको मुटु मान्छेमा प्रत्यारोपण गर्ने सम्भावना नजिक पुगे वैज्ञानिक
एजेन्सी– केही समयपछिनै सुंगुरको मुटु मरणासन्न मानिसलाई प्रत्यारोपित गर्न सकिने सम्भावना बढेर गएको छ । विज्ञान कथाजस्तो लाग्ने यो विचार वास्तविकतामा बदलिने सम्भावना एक ऐतिहासिक अध्ययनपछि बढी थथार्थपरक देखिएको छ । यस अध्ययनमा एक प्रजातिको जीवको अंग अर्को प्रजातिको जीवमा प्रत्यारोपित गर्न सम्भव भएको देखिएको छ ।
अनुसन्धानको क्रममा जिनको संरचनाको आधारमा मानिसको एकदमै नजिकको प्रजाति ‘बबुन’लाई एक सुंगुरको मुटु प्रत्यारोपन गरिएको थियो । अझ मुटु प्रत्यारोपित गरिएको ‘बबुन’लाई १९५ दिनसम्म बचाएर जर्मन अनुसन्धानकर्ताहरुले चिकित्सकीय र वैज्ञानिक विश्वलाई आश्चर्यचकित बनाएका छन् ।
वैज्ञानिकहरुले यस अनुसन्धानको प्रशंसा गर्दै ‘ऐतिहासिक’ भनेका छन् । एउटा स्वस्थ मुटु एक प्रजातिको जनावरबाट अर्को प्रजातिको जीवको शरीरमा प्रत्यारोपण गरिनुलाई ‘जेनोट्रान्सप्लान्टेसन’ भनिन्छ ।
लामो समयदेखि यसलाई प्राणघातक मुटु रोग लागेका मानिसहरुको लागि निदानको रुपमा हेरिएको छ ।
मानिसहरुको औसत आयु बढिरहँदा अहिले मुटु प्रत्यारोपणको लागि मुटु कम पाइन थालेको छ । यसले गर्दा मुटु प्रत्यारोपणका लागि सिफारिस भएका बिरामीहरुले लामो समय पर्खनुपरिरहेको छ ।
मुटु प्रत्यारोपण एउटा जटिल शल्यक्रिया हो । यदि प्रत्यारोपण सफल भएन भने बिरामीलाई धेरै दीर्घ समस्या देखिन्छ । यिनै समस्याहरुले गर्दा पछि बिरामीहरुको ज्यान समेत जान्छ । ‘सन् २०३० सम्म अमेरिकामा ८० लाख मानिसहरुमा मुटु फेल हुने अनुमान गरिन्छ । यीमध्ये धेरै आफूलाई प्रत्यारोपित गरिने मुटुको प्रतिक्षा गर्दागर्दै मर्नेछन्,’ बर्लिनमा रहेको जर्मन हर्ट सेन्टरमा कार्यरत डा.क्रिस्टोफ नोसलाले नेचरमा प्रकाशित अनुसन्धान पेपरसँगै छापिएको समाचारमा लेखेका छन् ।
आनुवांशिक बदलाब गरिएको सुंगुरको मुटुलाई यस अभावको सम्भावित समाधानको रुपमा प्रस्ताव गरिएको छ । यसैको लागि अहिले मानिसहरुको अत्यन्त नजिकको प्रजाति ‘बबुन’मा परिक्षण गरिएको हो ।
सुंगुरको जीनमा बदलाब त्यसको प्रतिरोधात्मक प्रतिरोधलाई दबाउन गरिएको हो । दुई फरक जीवबीचमा अंग प्रत्यारोपण गरिएको अवस्थामा जसको शरिरमा अंग दान गरिएको हो, उसको प्रतिरोधात्मक प्रणालीले अंगलाई ठूलो प्रतिरोध गर्ने भएकाले यसो गरिएको हो ।
यसअघि भएका अनुसन्धानहरुमा बबुनलाई ५७ दिनसम्म जीउँदो राख्न सफलता हासिल गरिएको थियो । तर हाल गरिएको बदलाबले म्युनिखमा रहेको लुडवीग–म्याक्सिमिलियन विश्वविद्यालयका वैज्ञानिकहरुको समूहलाई जनावरको जीवन ६ महिनासम्म लम्ब्याउन सहयोग गर्यो ।
बबुनको तीन क्रमागत समुहमा परीक्षण गरेर यस ‘ऐतिहासिक’ अनुसन्धानमा सुधार गरिएको थियो । यो अनुसन्धानमा कुल १६ बबुनको प्रयोग भएको थियो । अनुसन्धानकर्ताहरुले बबुनको अन्तिम समूहमा लामो अवधिको प्रत्यारोपणको सफलता हासिल गरेका थिए ।
यो समूहका बबुनको लागि दान गरिने मुटुलाई प्रत्यरोपण अवधिमा ‘अक्सिजेनेटेड’ गरिएको थियो । वैज्ञानिकहरुले अंगको सबैतिर रक्तसंचार गराएर यस्तो गराएका थिए । यसले प्रत्यारोपित अंग घातक रुपमा फैलिनबाट रोक्यो । यसले गर्दा बबुनको रक्तसंचार न्यून राहिरह्यो । यसका लागि कोषको वृद्धि रोक्ने एक यौगिक पनि प्रयोग गरिएको थियो ।
अन्तिम समूहमा रहेको पाँच बबुनमध्ये चारवटा कम्तीमा पनि ९० दिनसम्म स्वस्थ रहेका थिए । ९० दिनमा प्रयोगको समयावधि सकिएको भएपनि एउटा बबुन १९५ दिनसम्म बाँचेको थियो । ‘यो अनुसन्धान र यसको निष्कर्ष मुटु रोगको अन्तिम चरणमा पुगेका मान्छेहरुको उपचारको लागि सुंगुरको मुटु प्रत्यारोपण गर्ने बाटोतर्फ ऐतिहासिक प्रगति हो,’ युनिभर्सिटी कलेज लन्डनका मुटु शल्यक्रियाका प्रध्यापक क्रिस्टोफर म्याकग्रेगोरले भने । उनी ५७ दिनसम्म बबुन बाँचेको अघिल्लो पटकको अनुसन्धानमा संलग्न थिए ।
“‘द मुनिख ग्रुप’ले प्रकाशित गरेको पेपरले यो परिवर्तनकारी उपचारलाई केही अघि सम्भावनामात्र रहेको अवस्थाबाट यथार्थको निक्कै नजिक ल्याइपु¥याएको छ,” म्याकग्रोभरले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेल्सीको अपराजित यात्रा कायमै
-
युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म