‘गरुड पुराण’को गीतमा ५० हजारको उपहार
काठमाडौं– फिल्म ‘गरुड पुराण’ ले आफ्नो गीत ‘म त पिरिममा’ गाउने दर्शकका लागि उपहार योजनासमेत ल्याएको छ । गीतको कभर भिडियो निर्माण गर्नेले ५० हजार नगद जित्न सक्ने योजना निर्माण युनिटले अहिले सार्वजनिक गरेको छ । केही पहिले सार्वजनिक यो गीतको बढ्दो लोकप्रियतालाई ख्याल गर्दै यो उपहार योजना ल्याइएको हो ।
गीतमा कभर भिडियो निर्माण गर्ने मध्यबाट उत्कृष्ट एकले नगद रु ५० हजारका साथै एउटा म्युजिक भिडियो र फोटोसेसनको अवसर पनि राखिएको निर्देशक सुवास कोइरालाले बताए । गीतको लोकप्रियतालाई देखेर कभर भिडियो घोषणा गरेका छांै’ उनले भने ‘गीतको बारेमा प्राप्त फिडब्याकमा अधिकाँश सकारात्मक छन् ।’
दिनेश राउतको शब्द रहेको गीतमा कोसिस क्षेत्रीको संगीत छ । कोसिस र मनिषा पोखरेलले स्वर दिएको गीतमा रेनाशा वान्तवा राईले कोरियोग्राफी छ । निश्चल बस्नेत, कर्मा, प्रियंकासिंह ठकुरी र अन्जली योन्जनको नृत्य गीतमा छ ।
भिडियोहरु मदानी क्रिएसनको युट्युब च्यानलमार्फत अपलोड गरिनेछ । यसलाई भ्युजको आधारमा उत्कृष्टता घोषणा गरिनेछ । माघ ४ मा रिलिज हुने फिल्ममा नजिर हुसेन, कामेश्वर चौरसिया, प्रविन खतिवडा, प्रकाश घिमिरे ,रश्मी भट्ट लगायतको अभिनय रहेको छ ।
आकाश बराल, विनोद खतिवडा र सुवास आफंैले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण