बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गत वर्ष बेचेको उखुको रकम अझै भुक्तानी पाएनन् किसानले

शुक्रबार, २१ मङ्सिर २०७५, ११ : २७
शुक्रबार, २१ मङ्सिर २०७५

निकेश खनाल
 

बर्दिवास । महोत्तरीको गौशला नगरपालिका–१, रामनगरमा रहेको एभेरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज लिमिटेड यो वर्ष अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

विगतका वर्षहरुमा मंसिरको पहिलो सातामै सञ्चालनमा आउने गरेको चिनी मिल यस वर्ष मंसिरको तेस्रो हप्ता लागिसक्दा पनि सञ्चालनमा आउने कुराको टुङ्गो नलाग्दा उखु उत्पादन गर्ने कृषकलाई उखु खेतमै सुकेर जाला भन्ने चिन्ताले सताएको छ ।

उखुको दररेट नेपाल सरकारले यस वर्ष कायम नगरेको, आर्थिक वर्ष ०७४÷७५ मा किसानलाई प्रति क्वीन्टल ५ रुपैयाँ ३६ पैसाको दरले उखुको रकम उद्योगले अझै पनि नतिरेको र किसानलाई सरकारले दिने भनिएको अनुदान रकम प्रति क्वीन्टल ६५ रुपैयाँ २८ पैसा किसानले पाउन नसकेकोले मिल सञ्चालनमा नआएको उखु उत्पादक  कृषक संघ महोत्तरीका अध्यक्ष नरेश कुश्वाहाले बताए ।

उनका अनुसार उखु उत्पादक गर्ने  किसानले सरकारी अनुदान लिन उखु उत्पादन गरेको खेतीको लालपूर्जा सरकारलाई बुझाए मात्र अनुदान पाइने भएकाले खरा बटैया नदी उकास खेती र ऐलानी जग्गामा खेती गरिरहेका किसान अनुदानबाट बञ्चित हुने हुँदा गरीब तथा विपन्न किसानलाई समेत राहत हुने गरी भुक्तानीको प्रक्रियामा जानु पर्ने उनको भनाई छ ।

उनका अनुसार उखु उत्पादक महासंघ र चिनी उद्योग संघबीच ०७४ मंसिर २६ गते भएको सम्झौता अनुसार उखु प्रति क्वीन्टल ५ सय ३१ रुपैयाँ २० पैसा र नेपाल सरकारले दिएको अनुदान समेत गरी उखुको न्युनतम मूल्य निर्धारण गरी  गत बर्ष मिल सञ्चालन गरीएको थियो ।

त्यसैगरी ०७५ बैशाख ४ गते उखुको मुल्य प्रति क्वीन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा र नेपाल सरकारको अनुदान ६५ रुपैयाँ २८ पैसा समायोजन गरी उखुको मुल्य  तोकिएको थियो । 

विगतका बर्षहरुमा कार्तिकको अन्तिम हप्तातिरै मिल सञ्चालनका लागी किसानसंग विभिन्न छलफल भई मंसिरको पहिलो हप्तामै मिल सञ्चालनमा आए पनि यस वर्ष चिनी उद्योग सञ्चालनकालागी उद्योगले किसानसँग हालसम्म पनि कुनै छलफल नगरेकाले मिल संञ्चालनमा ढिलाई भएको उनको भनाई छ ।

त्यसैगरी मिल सञ्चालनका लागी परिपक्को उखु आवश्यक भएकाले यस वर्ष महोत्तरी, धनुषा, रौतहट, सर्लाही र पर्सा लगाएका जिल्लमा खेती गरिएको उखु  परिपक्क नभैसकेकाले उद्योग सञ्चालनमा केही ढिलाई भएको एभेरेष्ट सुगर एण्ड केमिमल इन्डष्ट्रीज लिमिलेटका उखु विभागका महाप्रबन्धक जुगल किशोर चौरसीयाको भनाई छ ।

उनका अनुसार परिपक्क नभएको उखुको तौल कम आउने र चिनी उत्पादनमा समेत कमी आउने भएकाले किसान र उद्योगी दुबैको हितकालागी  यस वर्ष मिल सञ्चालनमा केही ढिलाई  भएको उनी बताउँछन् । 

विगतका वर्षमा किसानले बेचेको उखुको भुक्तानी उद्योगले गरिसकेकोले र बैंक खाता नम्बर तथा अन्य कागजी प्रक्रिया नमिलेका केही किसानको रकम भुक्तानी हुन नसकेको उनले प्रष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप