शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तालिवानले फुच्चे मेसीलाई मार्ने धम्की दिएपछि...

शुक्रबार, २१ मङ्सिर २०७५, ०९ : १२
शुक्रबार, २१ मङ्सिर २०७५

एजेन्सी – सन् २०१६ मा अफगानिस्तानका एक पाँच बर्षीय बालक मुर्ताजा अहमादीले अर्जेन्टिनाका महान खेलाडी लियोनल मेसीको नाम लेखिएको १० नम्बरको जर्सी लगाएर फुटबल खेलिरहेको फोटो सार्वजनिक भयो । 

सामाजिक सञ्जालमा मुर्ताजाको तस्बिर भाइरल भएपछि उनको नामनै ‘फुच्चे मेस्सी’ राखियो । फुच्चे मेसी उपमा पाएका उनै मुर्ताजालाई अहिले आतंककारी समूह तालिवानले मार्ने धम्की दिएको छ । 

मुर्ताजाको तस्बिरले विश्वभर एकाएक चर्चा पाएपछि मेसी आफैले मुर्ताजालाई कतारको दोहामा भेटेका थिए । बार्सिलोना र कतारको अल अली क्लबबीचको मैत्रीपूर्ण खेल्न आउँदा मुर्ताजालाई भेटेर मेसीले आफ्नो हस्तक्षर सहित अर्जेन्टिनाको जर्सी पनि दिएका थिए । 

मैत्रीपूर्ण खेलको समयमा मुर्ताजा पनि मेसीसँगै मैदानमा छिरेका थिए ।
त्यसपछि मुर्ताजाको परिवार पिडामा पर्यो । मुर्ताजाकी आमा शाफिकले तालिवान लडाकुले छोरालाई लैजाने र मार्ने धम्की दिएका कारण घर छाड्न बाध्य भएको बताएकी छन् । ‘तालिवानले कि पैसा दे नत्र तेरो छोरा दे भन्दै परिवारलाई धम्क्याउन थाल्यो । हामीलाई तर्साइ रहेको छ । मेसीले दिएको पैसा हामीलाई देउ । होइन भने छोरा लैजान्छौं भने । मेसीको पैसाले तिमिहरु धनी बन्ने भनेर धम्क्याई रहे,’ शाफिकले भनेकी छन् ।

तालिवानले मार्ने धम्की दिएपछि ‘फुच्चे मेस्सी’ को परिवारले घर छाडेको छ । सात बर्षीय मुर्ताजाको परिवार यसअघि अफगानिस्तानको दक्षिण पूर्वी गाजिया प्रान्तमा बस्दै आएको थियो । धम्कीपछि राजधानी काबुल बसाई सरेको मुर्ताजाको परिवारलाई त्यहाँपनि तालिवानको पटक पटक धम्की आएपछि अन्यत्र सरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । 

मुर्ताजाको परिवार मात्र होइन, तालिवानको हमला र धम्कीले त्यहाँका अन्य बालबालिका पनि प्रताडित बनेका छन् । पछिल्लो समय तलिवान आतंकवादी समूहका कारण अफगानिस्तानको जनजीवन थप कहाली लाग्दो बनिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप