शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेलिलामाथि गोलबर्षा गर्दै रियल म्याड्रिड कोपा डेल रे कपको प्रिक्वार्टरफाइनलमा

शुक्रबार, २१ मङ्सिर २०७५, ०८ : २०
शुक्रबार, २१ मङ्सिर २०७५

एजेन्सी – मेलिलामाथि गोलबर्षा गर्दै स्पेनिस पावर हाउस रियल म्याड्रिड कोपा डेल रे कपको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

बिहिबार राती भएको एपक्षीय खेलमा रियलले मेलिलालाई ६–१ गेलले हरायो । यो सँगै रियलले समग्रमा १०–१ गोलको जित हात पार्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । पहिलो लेगमा पनि रियल ४–० गोलले विजयी भएको थियो । 

रियलको जितमा मार्को एसेन्सियो र इस्कोले दुईदुई गोल गरेका थिए । मार्कोले ३३औं र ३५औं मिनेटमा सुरुवाती दुई गोल गरे । इस्कोले ४८औं र ८३औं मिनेटमा गोल गरेका थिए । 

यसअघि जेभियर सान्चेजले ३९औं तथा भिनिसियस जुनियरले ७५औं मिनेटमा गोल गरेका थिए । 

खेलभर रियलको दवाव झेलेको मेलिलाले ८०औं मिनेटमा पेनाल्टी मार्फत सान्त्वना गोल फर्काएको थियो । 

मेलिलाका यासिन क्वास्मीले पेनाल्टीमा गोल गरेका थिए । डिबक्स भित्र रियलका जेभियर सान्चेजले यासिनलाईनै लडाएपछि मेलिलाले पेनाल्टी पाएको थियो । 

यसैगरी कोपा डेल रे कै अन्य खेलमा लिभान्तेले लुगोलाई २–०, एट्लेटिक विल्बाओले एसडी हुइस्कालाई ४–० तथा  रियल बेटिसले रेसिङ स्ट्यान्डरलाई ४–० गोले हरायो । अर्को खेलमा इबर र स्र्पोटिङ गिजोनले २–२ गोलको बराबरीमा चित्त बुझाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप