निर्मलामाथि सामूहिक बलात्कारको आशंकाः काठमाडौँबाट एक र महेन्द्रनगरमा तीन पक्राउ
बिहीबार, २० मङ्सिर २०७५, ०६ : ३५

काठमाडौँ – बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौँमा र तीन महेन्द्रनगरमा ।
सामूहिक बलात्कार गरेको आशंकामा छिमेकी प्रदीप रावल काठमाडौँ आएपछि पक्राउ परेका हुन् ।
केही युवकले गल्ती आफूहरुले गरेको , तर प्रहरीले अरुलाई दुख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै कुरा गरेको स्थानीयले न्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए ।
तर, त्यतिन्जेलसम्म चारैजना भारत गएका थिए । चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । पिछा गर्दै जाँदा प्रदिपलाई काठमाडौँ र अरुलाई महेन्द्रनगरमा समातिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो स्पष्टीकरण पत्र (पूर्णपाठ)
-
सात जना नारीलाई सम्मान गर्दै सकियो ‘महिला चलचित्र महोत्सव’
-
भीपीएनबाट मोबाइल बैंकिङ एप नचल्ने, ‘इन्टरनेट बैंकिङ’ हट्यो
-
संसद्बाट स्वीकृत ५ अध्यादेश कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
-
‘नेपालसँग यस्तो सम्बन्ध राख्नुपर्छ, जसले चीनका लागि मैदान खाली नहोस्’
-
एमाले मोरङ मतगणना : अध्यक्ष ओलीको समर्थन पाएको प्यानल पछाडि