शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनआइसी एसियाको शेयर मूल्य समायोजन

बुधबार, १९ मङ्सिर २०७५, १५ : ०४
बुधबार, १९ मङ्सिर २०७५

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्जमा एनआइसी एशिया बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट दश प्रतिशत लाभांश शेयर दिने प्रस्ताव गरेको थियो । 

सोही प्रस्तावअनुसार आज स्टकमा नयाँ शेयर मूल्य रु ३७१ हुने गरी समायोजन गरेको हो । उक्त बैंकको औसत आधारमूल्य भने रु ४१८ कायम भएको नेप्सेले जनाएको छ ।

लभांश शेयरपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब ८३ करोड पुग्नेछ । यस्तै वित्तीय विवरण दिन अस्वीकार गरेको भन्दै स्टकले कारोबारमा रोक लगाएको नेपाल ल्युब आयलको कारोवार आजदेखि पुनः शुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप