शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटना बढेपछि बिहान र बेलुका टिपर चलाउन रोक

मङ्गलबार, १८ मङ्सिर २०७५, १९ : २६
मङ्गलबार, १८ मङ्सिर २०७५

उर्लाबारी । प्रदेश नं १ मा आगामी पुस १ गतेदेखि बिहान र बेलुका दुई÷दुई घण्टा टिपर चलाउन रोक लगाइएको छ । 

टिपरका कारण दुर्घटना बढेपछि प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयले बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो । 

सो समयमा सडकमा बढी चाप हुने भएकाले टिपर चलाउन रोक लगाइएको प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप