शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी बिकास बैंक र सूर्य लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

मङ्गलबार, १८ मङ्सिर २०७५, १८ : ४९
मङ्गलबार, १८ मङ्सिर २०७५

काठमाडौं–गण्डकी बिकास बैंक लिमिटेड र सूर्य लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार गण्डकी बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले मुलुकभर फैलिएको ७७ वटै शाखाहरुबाट बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सुविधाहरु उत्कृष्ट सेवासहित सरल एवं सुलभ तरिकाले गण्डकी बिकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् । 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेले हस्ताक्षर गरे।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा तथा  इन्स्योरेन्सको तर्फबाट नायब मेनेजर सुमना न्यौपाने खनालको समेत उपस्थिती थियो । बैंकले वित्तिय पहुँचलाई उच्च प्राथमिकता दिँदै हिमाल, पहाड र तराईका जनताहरुलाई सहज र सरल रुपमा आफ्ना ७७ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप