शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एपीएफद्धारा अवैध पेस्तोल तथा म्याग्जीनसहित श्रेष्ठ पक्राउ

मङ्गलबार, १८ मङ्सिर २०७५, १८ : ४८
मङ्गलबार, १८ मङ्सिर २०७५

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको विशेष टोलीले मंगलबार काठमाडौंको कमलपोखरीबाट एउटा अवैध पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर जिल्लाको चाँपागाउँ घर बताउने २४ वर्षीय शिशिर श्रेष्ठ छन् ।

सशस्त्र प्रहरी बलको विशेष टोलीले उनको साथबाट ७.६२ एमएमको अटोमेटिक पेस्तोल बरामद गरेको छ । त्यसवेला उक्त पेस्तोल सँगै एउटा म्याग्जीन समेत बरामद गरिएको छ । उक्त पेस्तोलमा मेडईन यूएसए लेखिएको छ ।

निज श्रेष्ठको साथमा अवैध पेस्तोल रहेको भन्ने खबर प्राप्त भएपछि खटिएको सशस्त्र प्रहरी बलको विशेष टोलीले निज श्रेष्ठलाई कमलपोखरीस्थित एक रेस्टुरेन्टबाट अपरान्ह करिब ५ बजे पक्राउ गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप